फिलिपिन्समा ‘नोरु’ आँधीबाट कम्तीमा ६ जनाको मृत्यु

Read Time = 2 mins

सान इल्डेफोन्सो । फिलिपिन्समा यस वर्षको सबैभन्दा शक्तिशाली आँधीमा परी कम्तीमा छ जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार बताएका छन् । फिलिपिन्सको लुजोन टापुमा आइतबार दिउँसोदेखि भारी वर्षा र हावाहुरीसहित आएको सुपर टाइफुन ‘नोरु’ले सताएको हो ।

टाइफुन नोरुले रूखहरू, बिजुलीको खम्बा ढालेको र बाढीले पनि सताएको जनाइएको छ । राजधानी मनिलानजिकै रहेको बुलाकान प्रान्तको सान मिगुएल नगरपालिकामा बाढीपीडित बासिन्दालाई मद्धत गर्न पठाइएका पाँच उद्धारकर्ताको मृत्यु भएको प्रान्तका गभर्नर ड्यानियल फर्नान्डोले बताउनुभएको छ ।

उहाँलाई प्रान्तीय सरकारले बाढीग्रस्त क्षेत्रमा तैनाथ गरेको सान मिगुएलका प्रहरी प्रमुख लेफ्टिनेन्ट कर्नल रोमुआल्डो एन्ड्रेसले बताउनुभएको छ । सोमबार फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड रोमुआल्डेज मार्कोसले आँधीबाट प्रभावित मनिलाको उत्तरमा तीन प्रान्तको हवाई निरीक्षण गर्नुभएको छ । नोरु यसवर्ष फिलिपिन्समा प्रवेश गर्ने ११औं र सबैभन्दा शक्तिशाली आँधी हो । रासस/एएफपी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?