उत्कृष्ट भिडियो सम्पादनको अवार्ड विश्वकर्मालाई

Read Time = 1 min

काठमाडौं । उत्कृष्ट भिडियो सम्पादनको अवार्ड मिलन विश्वकर्माले प्राप्त गर्नुभएको छ । उहाँले हालै राजधानीमा सम्पन्न भएको राष्ट्रिय राप्ती म्युजिक अवार्डको आठौं संस्करणमा उक्त अवार्ड प्राप्त गर्नुभएको हो ।

गीतसंगीतसँग सम्बन्धित विभिन्न ५३ विधामा अवार्ड वितरण गरिएको समारोहमा विश्वकर्माले सर्वोत्कृष्ट भिडियो सम्पादन ‘आधुनिक र लोकपप’ अवार्ड हात पार्न सफल हुनुभएको हो ।

कार्यक्रममा अग्रज कलाकार, सामाजिक व्यक्तित्व, बाल कलाकार, पत्रकार, सहयोगी संस्था र प्रायोजकलाई समेत सम्मान गरिएको थियो । कार्यक्रम राप्ती समाज काठमाडौंको आयोजनामा सम्पन्न भएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?