हेल्थ एट होमको रुक्तदान अभियान

Read Time = 1 min

काठमाडौं । घर-घरमै पुगेर स्वास्थ्य सेवा प्रदान गर्दै आएकोे हेल्थ एट होम मेडप्रो इन्टरनेशनल प्रालिले डेंगुपीडितको सहयोगार्थ रक्तदान अभियान सुरु गरेको छ । हेल्थ एट होमले पाटन जेसिज, नेपाल भेन्टिलेटर सेवा र सघन क्रिटिकल केयरसँगको संयुक्त आयोजनामा रक्तदान शिविर सञ्चालन गरेको हो ।

अभियान दुई सातासम्म सञ्चालन हुने कम्पनीले जनाएको छ । कम्पनी परिसरबाट सुरु भएको रक्तदान अभियान राजधानीका विभिन्न स्थानमा सञ्चालन हुने पाटन जेसिजका अध्यक्ष प्रवेश मल्लले जानकारी दिनुभयो ।

डेंगु बिरामीलाई रगत पनि आवश्यक पर्न सक्ने भएकाले संयुक्तरूपमा रक्तदान अभियान सञ्चालन गरिएको हेल्थ एट होमकी एचआर एण्ड अपरेशन म्यानेजर डेजी नापितले बताउनुभयो । हेल्थ एट होमले विभिन्न समयमा रक्तदान शिविर सञ्चालन गर्दै आएको छ भने डेंगुपीडितलाई निःशुल्क स्वास्थ्य परामर्श सेवासमेत उपलब्ध गराउँदै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?