खल्तीलाई आइएसओ

Read Time = 1 min

काठमाडौं । अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ ले आइएसओ २७००१ः२०१३ प्राप्त गरेको छ । सबै सरोकारवालाको डाटा सुरक्षा तथा सञ्चालनलाई आइएसओ २७००१ः२०१३ ले प्रमाणीकरण गरेको खल्तीले जनाएको छ ।

आइएसओ प्राप्तिसँगै अब खल्तीको सञ्चय प्रक्रिया अझ पारदर्शी र सुरक्षित हुने बताइएको छ । आइएसओ २७००१ः२०१३ एक अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड हो ।

खल्तीले सुरक्षित डाटा सुरक्षा व्यवस्थापन, उपलब्धता र उत्तरदायित्व कायम गर्न तथा सुरक्षा उल्लंघन रोक्न र न्यूनीकरण गर्न प्रतिबद्ध रहने जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?