भिभोका नयाँ मोबाइल

हिमालय टाइम्स
Read Time = 2 mins
A A- A+

काठमाडौंं । भिभोले वाई सिरिजअन्तर्गत दुई नयाँ मोडल वाई २२ एस र वाई १६ नेपालमा सार्वजनिक गरेको छ । कम्पनीका अनुसार पर्याप्त स्टोरेज, सहज कार्यसम्पादन र उत्कृष्ट लुकका साथ सार्वजनिक वाई २२ एस र वाई १६ प्रविधि, नवीनता र डिजाइनमा केन्द्रित ग्राहकका लागि उपयुक्त स्मार्टफोन हुन् ।

भिभो नेपालका सिइओ माइकलले भन्नुभयो, ‘नेपालमा वाई सिरिजले धेरै माया पाएको छ र युवा ग्राहकको हृदयमा एक विशेष स्थान बनाउन सफल भएको छ । हामीले डिजाइन, कार्यसम्पादन र दक्षता अभिवृद्धि गर्ने मूल विचारका साथ बजारमा वाई २२ एस र वाई १६ सार्वजनिक गरेका छौं । हरेक पक्षमा उत्कृष्ट स्मार्टफोन खोज्ने ग्राहकका लागि वाई सिरिज एक गो-टु सोलुसनका रूपमा विकास गरेका छौं ।’

वाई २२ एसमा छ जिबी ¥याम र एक सय २८ जिबी रोम रहेको छ भने रोमलाई पनि एक टेराबाइटसम्म मेमोरी कार्डमार्फत् विस्तार गर्न सकिने कम्पनीले जनाएको छ । ५० एमपी रियर क्यामेरा र आठ एमपी एचडी फ्रन्ट क्यामेरा पनि रहेको छ । पछाडि र अगाडिका क्यामेरा क्रमशः सुपर नाइट मोड र सुपर नाइट सेल्फी मोडसँग अप्टिमाइज गरिएको छ, जसले कम उज्यालोमा पनि उत्कृष्ट तस्वीर लिन सकिन्छ ।

त्यसबाहेक मल्टी-स्टाइल पोट्र्रेटमा फेस ब्युटी, बोकेह र अन्य शैली वाई २२ एसमा समावेश रहेको कम्पनीले जनाएको छ । वाई १६ मा चार जिबी र्‍याम र ६४ जिबी रोम रहेको छ भने १३ एमपी एआई डुअल क्यामेरा रहेको छ । वाई २२ को मूल्य २७ हजार नौ सय ९९ र वाई १६ कोकको १९ हजार नौ सय ९९ रुपैयाँ रहेको छ ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?