हिमाल दोलखा हाइड्रोले हकप्रद सेयर जारी गर्ने

Read Time = 1 min

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनीले हकप्रद सेयर जारी गर्न लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । सम्झौतापत्रमा हिमाल दोलखा हाइड्रोपावरका अध्यक्ष रञ्जना दाहाल र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटाले हस्ताक्षर गर्नुभएको हो ।

काठमाडौंमा रजिष्टर्ड कार्यालय रहेको हिमाल दोलखा हाइडोको चुक्ता पुँजी एक अर्ब ६० करोडको ७५ प्रतिशतको अनुपातमा हकप्रद सेयर जारी हुने कम्पनीले जनाएको छ ।

कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ दरमा एक अर्ब १२ करोड बराबरको एक करोड २० लाख कित्ता हकप्रद सेयर जारी गर्नेछ । कम्पनीले इलाम नगरपालिका ९ र १० मा माईखोला साना जलविद्युत् आयोजना (४.५ मेगावाट) र माई नगरपालिका-९ मा रहेको माई साना क्यासकेड जलविद्युत् आयोजना (आठ मेगावाट) हाइड्रोपावर निर्माण गर्दैछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?