टिभिएसको ‘कायापलट’ योजनामा लाखौं जित्दै

Read Time = 2 mins

काठमाडौं । नेपालस्थित टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै कायापलट नामक विशेष योजना सार्वजनिक गरेको एक महिना पनि नपुग्दै विराटनगरका मुरारी पाण्डेले केशरीचन्द भंवरलाल एण्ड कम्पनीबाट टिभिएस रेडर नकिन्दै पाँच हजार र किनेपछि १० लाख नगद पुरस्कार जित्न सफल हुनुभएको छ ।

साथै जनकपुरका राजदेव मुखिया आरएन अटोमोबाइल्सबाट टिभिएस रेडर खरिदमा शतप्रतिशत क्यासब्याक पाउन सफल हुनुभएको कम्पनीले जनाएको छ । त्यसैगरी धापासी निवासी भुजेन्द्र सारु मगरले पनि बौद्ध टुसालको अटो साउण्ड ट्रेडर्स प्रालिबाट एन्टर्क १२५ रि एफ आइ स्कुटर खरिद गर्दा शतप्रतिशत क्यासब्याक पाउनुभएको छ ।

कम्पनीका अनुसार हालसम्म करिब २० जनाले मोबाइल फोन र त्यति नै ग्राहकले लाखौं नगद उपहार प्राप्त गरेका छन् । योजनाअन्तर्गत ग्राहकले टिभिएस मोटरसाइकल र स्कुटर खरिदमा पाँचपटकसम्म आकर्षक उपहार प्राप्त गर्न सक्छन् भने नकिन्दै एक लाख र किनेपछि १० लाखसम्म जित्ने मौका रहेको छ ।

हरेक दिन योजनाबारे सोधपुछ गर्ने एक भाग्यशालीले रियलमी सी ३० स्मार्टफोन, हरेक हप्ता एक खरिदकर्ताले सम्पूर्ण नगद फिर्ता र एक भाग्यशालीले बम्पर उपहारमा ५० लाख नगद पुरस्कार प्राप्त गर्ने कम्पनीले जनाएको छ । योजनामा बबाल फाइनान्स अफर पनि समावेश छ । जसअन्तर्गत २० प्रतिशत डाउन पेमेन्ट वा चार हजार दुई सय रुपैयाँको मासिक इउमआईमा बाइक तथा स्कुटर किन्न सकिनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?