नेपाल र बंगलादेशबीचको मौत्रिपूर्ण फुटबल आज

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल खेलमा नेपाल र बंगलादेशबीच आज ​ प्रतिष्पर्धा हुने भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ साढे ५ बजे सुरु हुनेछ ।

नेपाल र बंगलादेशबीच विभिन्न प्रतियोगिता र मैत्रीपूर्ण खेलमा गरी २४ पटक प्रतिष्पर्धा भएको छ । जसमा बंगलादेशले १२ खेल जितेको छ भने नेपालले ७ खेल मात्रै जितेको छ । ५ खेल बराबरीमा सकिएको छ । नेपाल र बंगलादेशको पछिल्लो भेट भने सन् २०२१ मा माल्दिभ्समा भएको साफ च्याम्पियनसिपमा भएको थियो । त्यतिबेला नेपाल र बंगलादेशलले १-१ गोलको बराबरी खेलेका थिए ।

नेपाली टोलीमा कप्तान किरण चेम्जोङसहित विशाल श्रेष्ठ, दीपक कार्की, विकास कुथु, रोहित चन्द, अनन्त तामाङ, विकास तामाङ, दिनेश राजबंशी, विकास खवास, सुमन अर्याल, रेजिन धिमाल, सुदीप गुरुङ, तेज तामाङ र सेसेहाङ आङदेम्बे छन् ।

त्यसैगरी विशाल राई, सुजल श्रेष्ठ, सुरज ज्युठकुरी, एरिक विष्ट, विमल घर्तीमगर, अन्जन विष्ट, हृतिक खड्का, मनिस डाँगी र आषिश चौधरी छन् । सोमबार भएको प्रिम्याच कन्फ्रेन्समा कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईंसँगै कप्तानका रुपमा किरण उपस्थित थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?