काठमाडौं । सरकारले खसीबोकाको स्वास्थ्य परीक्षण आजबाट सुरु गर्ने भएको छ ।
पशुसेवा विभागले उपत्यकाका १० ठाउँमा खसीबोकाको स्वास्थ्य परीक्षण गर्न लागेको हो, यो क्रम दशैँको नवमीसम्म जारी रहनेछ । त्यसका लागि ५० जना पशु चिकित्सकको टोली खटिदैछ ।
पशुसेवा विभागका वरिष्ठ पशु विकास अधिकृत डा. चन्द्र ढकालका अनुसार खसीबोकाको स्वास्थ्य परीक्षण गरेर स्वस्थकर खसीबोकाको सिङमा हरियो र अस्वस्थकरको सिङमा रातो रङको स्टिकर लगाइनेछ ।
कलंकी, टुकुचा, चन्द्रागिरि, चाल्नाखेल, बालाजु, टोखा, बल्खु, लोकन्थली, सल्लाघारी लगायत क्षेत्रमा स्वास्थ्य परीक्षण हुन लागेको हो ।
यो वर्षको दशैँमा उपत्यकामा ६० हजार खसीबोका खपत हुने अनुमान गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच