अन्नपूर्ण पदमार्गमा पर्यटक बढे

हिमालय टाइम्स
Read Time = 2 mins

लमजुङ । पर्यटकीय सिजन सुरु भएसँगै पछिल्लो समय अन्नपूर्ण पदमार्गमा पदयात्रा गर्ने बाहृय पर्यटकको संख्या बढ्दै गएको छ । पर्यटकको संख्यामा वृद्धि भएपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । दैनिक १५० देखि २०० पर्यटकले पदयात्रा गर्ने अन्नपूर्ण संरक्षण क्षेत्र एक्याप मनाङले जनाएको छ । अन्नपूर्ण पदमार्गमा विशेष गरी इजरायल, जर्मनी, फ्रान्स, अष्ट्रेलिया, बेलायत, अमेरिकालगायत देशका पर्यटक बढीजसो आउने गरेका छन् ।

अन्नपूर्ण पदमार्गमा पछिल्लो समय आन्तरिक पर्यटकको आगमन पनि बढ्दै गएको अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका प्रमुख लेखनाथ गौतमले बताउनुभयो । पदमार्गमा भदौ अन्तिम सातादेखि चहलपहल बढेको हो । पदयात्राका लागि उपयुक्त याम सेप्टेम्बरदेखि नोभेम्बरसम्म र फेब्रुअरीदेखि अप्रिलसम्मलाई मानिन्छ । अन्नपूर्ण पदमार्ग विश्वका १० उत्कृष्ट गन्तव्यमध्ये एक मानिन्छ ।
बेंशीशहरबाट खुदी, भुलभुले, ङादी, स्यागे, जगत् हुँदै मनाङको बगरछाप, चामे हुँदै थोराङपास भएर मुक्तिनाथ, जोमसोम, बेनी, घोरेपानीबाट पोखरा पुगिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?