अरिङ्गालले टोकेर बागलुङमा एकको मृत्यु

प्रतिकात्मक तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

-डम्मर बुढा मगर

बागलुङ । बागलुङमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ ।

बागलुङको जैमिनी नगरपालिका–७ जैदिका ४३ वर्षीय ज्ञानबहादुर रानाको अरिङ्गालले टोक्दा आज विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी गंगा बहादुर थापाले जानकारी दिनुभयो ।

रातको समयमा घर नजिकैको जंगलमा अरिङ्गाल पोल्ने क्रममा अरिङ्गालले टोकेर गम्भिर घाइते हुनुभएका स्वास्थ्यचौकीमा सामान्य उपचार पछि घर फर्काइएको र आज बिहान घरमै उहाँको मृत्यु भएकोे प्रहरीको भनाइ छ ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?