भारतीय सीमा सुरक्षा बलको टोली काठमाडौंमा, एपीएफ आईजीपीसहितको बैठक आजदेखि

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । भारतीय सशस्त्र सीमा बल (एसएसबी) का प्रमुख सुजोय लाल थाओसेन काठमाडौं आइपुग्नुभएको छ ।

सीमा सुरक्षा समन्वय समितिको बैठकमा सहभागी हुन थाउसेन सोमबार काठमाडौं आइपुग्नुभएको हो । सीमा सुरक्षा समन्वय समितिको बैठक आजदेखि सुरु हुँदै छ।

बैठक दिउँसो १२ बजे सुरु हुने बताइएको छ । बैठक असोज ११ देखि १३ गतेसम्म काठमाडौँमा आयोजना हुन लागेको हो । गृह मन्त्रालय स्रोतका अनुसार बैठकमा नेपालका तर्फबाट एपीएफका महानिरीक्षक राजु अर्यालले टोलीको नेतृत्व गर्नु हुनेछ भने एसएसबीका प्रमुख थाओसेनले भारतीय टोलीको नेतृत्व गर्नुहुनेछ ।

बैठकमा सीमा सुरक्षा रणनीतिको समीक्षा गर्दै भावी रणनीतिबारे छलफल हुने बताइएको छ । बैठकमा परराष्ट्र मन्त्रालय र गृह मन्त्रालयका प्रतिनिधी पनि रहनेछन्।

दुई दिनसम्म चल्ने बैठकमा सीमा विवाद, सिमामा हुने अपराध र आवतजावतमा हुने समस्यालाई लिएर छलफल हुने बताइएको छ।

भारतसँग नेपालको एक हजार ८ सय ८० किलोमिटर सीमा जोडिएको छ। भारतले नेपाललाई तिन दिशाबाट घेरेकामा सीमा सम्बन्धमा पटकपटक विवादहरू उठ्दै आएका छन्।

यसैबीच, प्रमुख थाओसेनको टोलिले बिहान पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?