✍️ श्याम गैरे
भर्खरै जवानीको थिर्थिरे लाठी समाउँदै,
जूनको शीतालतामा
खुल्ला आकाशमुनि सुत्ने
त्यो मान्छे परदेशिएको लोर्के हो ।
जुँगाका रेखी राम्ररी बस्न नपाउँदै
बुवाको बरखी सकेर
आमाका बाध्यतामाथि पुल हाल्न
सपनाका रेखीहरू
विवाह मण्डपमा हालेको एक महिनामै उसलाई
फोन आयो मेनपावरबाट
हातमा पासफोर्ट
छातीमा श्रीमतीको माया
निधारमा दिवंगत बुबाको आशीर्वाद
कलशमा आमाको आखाको जल
मनमा केही गरौँ भन्ने हुटहुटी
बोकेर लोर्के अहिले खाडी पुग्नुअघि
ऊ श्रीमतीको गर्भबाट आएको आवाजमा निक्कै बेर हरायो
किनकि
यता रगतको मुहान सुक्दैथ्यो भने
सम्झँदै यता रगतको मूल फुटाउनुपर्ने बाध्यता
यसरी नै रगतको नाता गाँस्न रगत सुक्नुपर्ने,
तर पनि हे ईश्वर,
किन फेरि हामीले सम्बन्ध सोच्नकै लागि परदेशमा रगतको मुहान फुटाउनुपर्ने ?
वसन्तहरू बित्दै जाँदा
आमा चाडपर्वहरूले पनि किन थिचिरहेछन्
साहुको मिटर ब्याजले झैँ ।
लोर्के निरासामा भन्दै छ
तापमान बढ्दै छ
साहु पौठेजोरी खोज्दैछन्
साहुले पैसा नदिएको पनि छ महिना भयो
दुई वर्षको ब्याज तिर्न नसक्दा गोठको भैंसी फुकाइदिए
यता मेरो हालत फुस्किएर ओएल्डिङ गर्दै छु ।
श्रीमती :
हिजो राति शत्रुले फुकाएको गोठको गोरु बाँध्न जाँदा
आमाको खुट्टो भाँचियो
हे, प्रिय पतिदेव
अब कसरी पुर्याऊँ आस्पताल
एक वर्षकी छोरीलाई के खुवाऊँ ?
आमा :
खुट्टामा काम्रो बाँधौला
ऋणको किलोमा आफूलाई
साहुकोमा कमारा बसौँला
नानुलाई पानी खुवाउँला
चाडपर्वमा घुम्टो पर्यो भनौँला
फर्की बाबु लोर्के फर्की
किनकि
काल हामीलाई पर्खिरहेको छ ।
के भनिदिऊँ काललाई लोर्के
मेरो मृत्युको ठेगाना बारे
ढुंगो टुसाएपछि
उनिउँ फुलेपछि
कि छोरो परदेशबाट फर्किएपछि आउँछु भन्दिऊँ ?
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका