तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिका-५ शुक्रबारे नजिकै गत वर्षझैँ यस वर्ष पनि लिंगेपिङ हालिएको छ । गाउँका युवाहरू मिलेर पिङ हालेका हुन् ।
दशैँको घटस्थापनासँगै तेह्रथुमको गाउँगाउँमा लिंगेपिङ बनाउन थालिएको छ । युवाहरू जंगलबाट बाबियो काटेर ल्याएर पिङ हाल्ने गरेका छन् । दशैँमा एक पटक भूइँ छोड्नुपर्छ भन्ने मान्यता रहँदै आएको छ ।
पिङ हालेपछि मात्र दसैँको आगमनको झझल्को दिने छथर गाउँपालिका- ५ का दुर्गा बुढाथोकीले बताउनु भयो । उहाँ भन्नुहुन्छ, ‘हामी बच्चा हुँदा दशैँ तिहार आएको जुन अनुभूति हुन्थ्यो, त्यो पछिल्लो समय हुन छाडेको छ । हामीले जस्तै हाम्रा बच्चाहरूले पनि दशैँ आएको अनुभूति गरून् भनेर गाउँमा पिङ हाल्ने गरेका छौँ र दशैँ तिहारको महत्त्व बुझाउने प्रयास गरेका छौँ ।’
युवापुस्ताहरूमा गाउँमा हालिने लिंगेपिङको महत्व नै भुल्दै गएका छन् । ७० वर्षका माया लिम्बू भन्नुहुन्छ, लिंगेपिङ हाल्न १५ दिन अघि नै हामी घण्टौँ लामो बाटो हिँडेर बाबियो काट्न जान्थ्यौ । काटेर ल्याएको बाबियो सुकाएर पिङ लगाउने लठ्ठा बाठ्थ्यौँ । अनि बाँसको लिंगो गाडेर, पिङ बनाएर गाउँका सबै मिलेर रमाइलो गर्थ्यौँ, अहिले त पहिलेको जस्तै महत्व छैन ।’
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका