बैतडी जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगितामा भट्ट र भण्डारीको टीम प्रथम

हिमालय टाइम्स
Read Time = 2 mins

-डम्बर बोहरा

बैतडी । बैतडी जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगितामा महेशप्रशाद भट्ट र हरिश भण्डारीको टीम विजेता अर्थात प्रथम बनेको छ ।

दशैँ तिहारको उपलक्ष्यमा जिल्ला सुरक्षा समितिको आयोजनामा जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगितामा भट्ट र भण्डारीको टीम प्रथम भएको छ । उनको टीमले प्रथम हुँदै नगद १५ हजार सहित मेडल र प्रमाण पत्र हात पारेको छ ।

उपविजेता बनेको गंगादत्त पन्त र अंकित जोशीको टीमले नगद १० हजार सहित मेडल र प्रमाणपत्र हात पार्न सफल भएको छ । प्रतियोगितामा आनन्दसिंह थापा र बीरबहादुर खाती तथा दिनेश ठगुन्ना र प्रेम बोगटीको टीम तृतीय भएको छ । दुवै टीमले ५÷५ हजारका दरले नगद पुस्कारका साथै मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

यस्तै प्रतियोगितामा म्यान अफ दि म्याच हरिश भण्डारी भए भने उदयमान खेलाडी भए । उनीहरुलाई प्रतिव्यक्ति २ हजार ५ सयका दरले पुरस्कार प्रदान गरिएको छ । यस्तै ६२ बर्षीय सरप ठगुन्ना र ६५ बर्षीय नरेश पौडेललाई भेट्रान खेलाडीको रुपमा सम्मान समेत गरिएको छ ।

जगन्नाथ ब्याडमिन्टन हलमा भएको प्रतियोगितामा १७ टीमा ३४ खेलाडीको सहभागीता रहेको थियो । घटस्थापनादेखी अर्थात सोमबार देखी सञ्चालन भएको खेल आज सम्पन्न भएको हो ।

प्रतियोगिता सञ्चालनका लागि नागार्जुन निर्माण सेवाले बिशेष सहयोग गरेको बताइएको छ । जिल्लामा पहिलो पटक जिल्ला सुरक्षा समितिको अगुवाईमा ब्याडमिन्टन हल समेत निर्माण भएको छ । सोही हलमा प्रतियोगिता सञ्चालन गरिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?