जनकपुरधाम । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा गणेशमान चारनाथ नगरपालिका–६ मुसहर टोल बस्ने रेबिया सदालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
मादक पदार्थ सेवन गरेका रेबियाले ३२ वर्षीया श्रीमती दुलारी सदालाई सिलौटाले छातीमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएका प्रहरीले जनाएको छ ।
उक्त खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ढल्केवर र प्रहरी चौकी पोर्ताहाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका