पहिलो हाफमा नेपाललाई ३ गोलको अग्रता, अञ्जन विष्टको ह्याट्रिक

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपालले बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा ३-० गोलको अग्रता लिएको छ । नेपालका अञ्जन विष्टले ह्याट्रिक गरेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा चलिरहेको खेलको पहिलो हाफमा नै अञ्जनले तीन गोल गरेका हुन् ।

अञ्जनले खेलको १८औं मिनेटमा गोलको खाता खोलेका थिए । उनले बिमल घर्ती मगरको फ्रिकिकमा हेडमार्फत गोल गरेका हुन् । त्यसको ठीक अघि बगंलादेशका कप्तान जमल भुयानको प्रहार बारमा लागेर फर्किएको थियो ।

२७औं मिनेटमा उनले नै दोस्रो गोल गरे । तेज तामाङको प्रहार बंगलादेशी गोलकिपर अनिसुर रहमानले बञ्च गरेका थिए । तर रिबाउन्ड बलमा अञ्जनले गोल गरे ।

खेलको ३८औं मिनेटमा विशाल राईको फ्रि किकमा हेडर गोल गर्दै अञ्जनले ह्याट्रिक पुरा गरे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?