आज मध्यरातदेखि निर्वाचन आचारसंहिता लागु हुने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । निर्वाचन आयोगले आज राति १२देखि निर्वाचन आचारसंहिता लागू गर्ने भएको छ ।

मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभना निर्वाचनका लागि आयोगले आज मंगलबार मध्य रातिदेखि निर्वाचन आचारसंहिता–२०७९ लागू गर्ने भएको हो ।

आयोगले गत भदौ १३ गते उक्त आचारसंहिता नेपाल राजपत्रमा प्रकाशन गरेको थियो । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयमुक्त र पारदर्शी वातावरणमा सम्पन्न गर्नका लागि आयोगले आचारसंहिता जारी गर्ने गरेको छ ।

आचारसंहितामा दलहरू, उम्मेदवार, नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहका पदाधिकारी, कर्मचारी, सञ्चारमाध्यम र विभिन्न निकायहरूले पालना गर्नुपर्ने दायित्व निर्धारण गरिएको छ । निर्वाचनका लागि समानुपातिकतर्फको बन्द सूची पेस गर्ने कार्यक्रम सम्पन्न भइसकेको छ ।

आयोगले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण र विभिन्न १२ पार्टीका शीर्ष नेताहरूसँग निर्वाचन आचारसंहिताबारे छलफल गरेको थियो ।

सो अवसरमा आयोगले उनीहरूलाई आफ्नो दल आचारसंहिता पालना गर्न प्रतिबद्ध छ भनेर हस्ताक्षर समेत गराएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?