भैरहवामा दशैँ लक्षित सस्तो बजार, गृहमन्त्रीद्वारा उद्घाटन

Read Time = 5 mins

भैरहवा । दशैँ पर्वलाई लक्षित गर्दै भैरहवामा दशैँ सस्तो बजार सुरु भएको छ । उद्योगी व्यवसायीहरूको साझा संस्था सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा ‘स्वदेशमै किनमेल गर्ने बानी बसालौं’ भन्ने नाराका साथ संघको परिसरमा दशैँ सस्तो बजार सञ्चालन गरिएको हो ।

सीमावर्ती बजारमा नेपाली जाने उपभोक्तालाई सचेत गराउन, स्वदेशी तथा गुणस्तरीयवस्तु तथा सेवाहरूको उपभोग बढाउन र आउँदै गरेको नेपालीहरूको चाडपर्वहरूमा आम उपभोक्तालाई स्वदेशी बजारमा खरिद गर्ने बानीको विकास गराउने उद्देश्यले तेस्रो पटक संघले सस्तो बजार आयोजना गरेको हो ।

बजारको उद्घाटन गर्दै गृहमन्त्री बालकृष्ण खाँणले उद्योगी व्यवसायीको सुरक्षाका लागि सरकार गम्भीर रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘उद्योगी व्यवसायीको सुरक्षाका लागि सरकार प्रतिबद्ध छ । शिक्षक, मजदुर, किसान, राष्ट्रसेवकको समुचित वृद्धि विकासमा ध्यान दिइनेछ ।’ उहाँले उद्योगी व्यवसायी देशको आधारस्तम्भ भएको बताउनुभयो ।

उद्योगले उत्पादन गर्न नसके र व्यवसायीले कारोबार गर्न नसके आर्थिक मन्दीका कारण समस्या उत्पन्न हुने उनको भनाइ थियो । उहाँले स्वदेशी बजार प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालित दशैँ सस्तो बजारले स्वदेशी पैसा स्वदेशमै खर्च गर्ने बानीको विकास हुने विश्वास व्यक्त गर्नुभयो ।

गृहमन्त्री खाँणले रुपन्देहीको विकासले यहाँको नागरिकको लागि मात्र नभई नेपालको विकास हुने दाबी गर्नुभयो । उहाँले देशको विकासका लागि रुपन्देहीको विकास अपरिहार्य रहेको बताउनुभयो ।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले बजारले व्यापारको प्रवर्द्धन गर्नुको साथै बजारलाई गुल्जार बनाउने विश्वास व्यक्त गर्नुभयो । नगरको विकासका लागि नगरपालिका सधैँ प्रतिबद्ध भएकाले हातेमालो गर्दै अघि बढ्ने बताउनुभयो ।

उद्योगी, व्यवसायीसँगको सहकार्यमा उपभोक्ताहरूलाई सर्व शुलभ रूपमा एकै थलोबाट सहज तरीकाले दैनिक उपभोग्य वस्तुहरू बिक्री वितरण गरिने गरी २७ वटा स्टल रहेको बजारमा रहेको बस्तुगत मेला तथा व्यवसाय प्रवर्द्धन समिति संयोजक अर्जुन कार्कीले बताउनुभयो ।

बजारमा आर्थिक चलायमान हुने, स्वदेशी उद्योग व्यवसायका उत्पादनहरूको प्रचार प्रसार हुने र आम उपभोक्ताहरूले सर्व शुलभ रूपमा उपभोग्य वस्तुहरू खरिद गर्ने अवसर प्राप्त हुने कार्कीले भन्नुभयो ।

सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले उपभोक्ताको हितको लागि दशैँ सस्तो बजार सञ्चालन गरिएको बताउँदै बाहिर बजारमा भन्दा सुलभ मूल्यमा वस्तुको विक्रिवितरण भइरहेको बताउनुभयो । दशैँ र तिहार लक्षित बजार गर्नै भनेर सीमावर्ती बजार सुनौलीमा नेपालीहरूको घुइँचो लाग्ने गरेको छ । बाहिरिने नेपाली उपभोक्तालाई नेपाली बजारमै रोक्ने संघको उद्देश्य रहेको बताउनुभयो ।

यसले मुलुकको अर्थतन्त्रमा सहयोग पुग्ने अध्यक्ष न्यौपानेले भन्नुभयो। स्वदेशी बजार प्रवर्द्धन गर्ने उद्देश्यले दशैँ सस्तो बजार सञ्चालन गरिएको उहाँको भनाइ थियो ।

बताए । उनले आगामी मंसिर २३ देखि पुस ४ गतेसम्म संघले भैरहवामा लुम्बिनी महोत्सव ९औद्योगिक व्यापार मेला० को आयोजना गर्न लागेको जानकारी दिए ।

विक्रम संवत २०११ सालमा स्थापित सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही स्थापनाकाल देखिनै यस क्षेत्रको आर्थिक विकासका लागि प्रतिबद्ध तथा क्रियाशील रहँदै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?