बंगलादेशमा डुंगा पल्टिँदा ५९ जनाको मृत्यु

Read Time = 1 min

ढाका । बंगलादेशमा एउटा डुंगा पल्टिदा मृत्यु हुने यात्रीको संख्या ५९ जना पुगेको छ । बंगलादेशको राजधानी ढाकाबाट ४६८ किलोमिटर उत्तरतर्फ पर्ने पञ्चगढ जिल्लाको करातोया नदीमा आइतबार दिउँसो डुंगा पल्टिएको थियो ।

उक्त दुर्घटनामा मृत्यु हुनेको संख्या लगातार बढ्दै गइरहेको ढाका ट्रिब्युनले लेखेको छ । त्यहाँका अधिकारीले सो डुंगा दुर्घटनामा परी हराएका व्यक्तिको शव भेटिने क्रम जारी रहेको बताएका समाचारमा जनाइएको छ ।

पञ्जगढ जिल्लाका प्रहरी सुपरीटेन्डेन्ट एस एम सिराजुद हुडाले केही व्यक्ति हराइरेका र उनीहरूको खोजी कार्य जारी रहेको बताउनुभएको छ । सोमबारसम्म ५१ जनाको शव भेटिएकामा मंगलबार थप शव भेटिएको हो ।

पछिल्लो समयसम्म ५५ शवको सनाखत भएको समाचारमा जनाइएको छ । जिल्ला प्रशासनको सूचना डेस्कका अनुसार अझै कम्तीमा ३५ जना हराइरहेका छन् । प्रहरीले डुंगाको क्षमताभन्दा बढी व्यक्ति राखिएकाले बढी भार भएर दुर्घटना भएको बताएको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?