शिन्जो आवेको राजकीय अन्त्येष्टि

Read Time = 2 mins

टोकियो । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आवेको राजकीय अन्त्येष्टि गरिएको छ । उहाँको राजधानी टोकियोमा मंगलबार भएको अन्तिम बिदाइमा विश्वभरका नेता सामेल भएका थिए ।

तीन महिना पहिले आवेको हत्या भएको थियो । जापानमा सामान्यतया राजपरिवारका सदस्यको निधन हुँदामात्रै राजकीय अन्त्येष्टिको व्यवस्था हुनेगर्छ । तर, लामो समयसम्म प्रधानमन्त्री पदमा रहनुभएको भन्दै आवेको पनि राजकीय अन्त्येष्टि गरिएको हो ।

आवेलाई १९ तोपको सलामी दिइएको छ । समारोहमा करिब १०० देशका नेता सहभागी भएका छन् । अमेरिकी उपराष्ट्रपति कमला हृयारिससहितका नेताहरू आवेलाई श्रद्धाञ्जलि अर्पण गर्न पुग्नुभएको हो । राजकीय अन्त्येष्टिलाई लिएर जापानमा विरोध प्रदर्शन पनि भएको छ । प्रदर्शनकारीले अनावश्यक रूपमा राज्यको ढुकुटी दुरुपयोग गरेर आवेको अन्त्येष्टि गरिएको भन्दै विरोध गरेका हुन् ।

आवेको अन्त्येष्टि समारोहमा एक करोड १४ लाख अमेरिकी डलर बराबरको खर्च आँकलन गरिएको छ । अरू अत्यावश्यक क्षेत्रमा खर्चिनुपर्ने रकम आवेको अन्त्येष्टिमा लगाइएको भन्दै विरोध भएको हो । आवेको गएको जुलाई ८ मा हत्या भएको थियो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?