नौ अभिनेत्रीलाई ‘नवदुर्गा सम्मान’

Read Time = 2 mins

काठमाडौं । नौजना अभिनेत्रीलाई नवदुर्गा सम्मान गरिएको छ । चावहिलस्थित चलचित्र विकास बोर्डको हलमा सोमबार यो सम्मान अर्पण गरिएको हो । रेजिना इन्टरटेनमेन्ट र शहीद फिल्म्सको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा नौ अभिनेत्रीलाई उपराष्ट्रपति नन्दबहादुर पुनले सम्मान गर्नुभएको थियो ।

चलचित्र क्षेत्रमा योगदान पुर्‍याएबापत अभिनेत्रीहरू भारती घिमिरे, झरना थापा, श्वेता खड्का, ऋचा शर्मा, मेनुका प्रधान, प्रियंका कार्की, पूजा शर्मा, शिल्पा पोखरेल तथा सुहाना थापालाई सम्मान प्रदान गरिएको हो ।

उक्त अवसरमा उपराष्ट्रपति पुनले सम्मानित सम्पूर्णलाई बधाई दिँदै ‘राष्ट्रिय नवदुर्गा सम्मान’ लाई निरन्तरता दिन आग्रह गर्नुभयो । आयोजक रेजिना इन्टरटेन्मेन्टकी अध्यक्ष अभिनेत्री रेजिना उप्रेतीले नेपाली चलचित्रलाई प्रतिनिधित्व गर्ने नारीहरूलाई सम्मान गर्न पाउँदा खुशी व्यक्त गर्नुभयो ।

कार्यक्रममा कलाकारहरूले नेपाली चलचित्रका लोकप्रिय गीतहरूमा नृत्य प्रस्तुत गरेका थिए । अभिनेत्री रेजिना उप्रेतीले आयोजना गर्ने यो कार्यक्रममा अग्रजदेखि नवअभिनेत्रीसम्मलाई सम्मान गर्ने गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?