असोज अन्तिम साता ग्रिन हाइड्रोजन समिट

Read Time = 3 mins

काठमाडौं । पग्लिँदै गरेका हिमालका लागि एन्टिडोट भन्ने नाराका साथ नेपालमै पहिलोपटक ग्रिन हाइड्रोजन समिट हुने भएको छ । जलवायु परिवर्तनको असर न्यूनीकरण तथा आर्थिक समृद्धि हासिल गर्न स्वच्छ ऊर्जा क्षेत्र र दिगो जलवायु अनुकूलन पूर्वाधारमा लगानी अभिवृद्धि गर्ने उद्देश्यसाथ यही असोज २४ र २५ गते काठमाडौंमा सम्मेलन आयोजना हुने आयोजकले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी हो ।

नेपाल सरकार, एशियाली विकास बैंक, मेलवर्न इन्ष्टिच्युट अफ टेक्नोलोजी (एमआइटी), काठमाडौंका विश्वविद्यालय, प्रभु बैंकलगायत विभिन्न संघसंस्थासँगको सहकार्य र ग्लोबल एनआरएन फाउण्डेशनको अगुवाइमा आयोजना गर्ने सम्मेलन नेपालमा ग्रिन हाइड्रोजन इजर्नी प्रवद्र्धनका लागि कोशेढुंगा हुनसक्ने फाउण्डेशनकी संस्थापक सदस्य जानकी गुरुङले बताउनुभएको छ ।

सम्मेलनको मुख्य उद्देश्यमा नेपाल हरित हाइड्रोजन उत्पादन, भण्डारण र वितरण क्षमता अध्ययन गर्ने, हरित अमोनियाबाट रासायनिक मल उत्पादन सम्भावना र क्षमताबारे विश्लेषण गर्ने, अन्तर्राष्ट्रिय वक्ताले हरित हाइड्रोजन उत्पादन लागत, प्रयोग हुने प्रविधि र ग्लोबल ट्रेण्डबारे जानकारी दिने रहेको छ । त्यस्तै, हरित हाइड्रोजन र युरिया उत्पादनमा ठूलोमात्रामा निजी लगानी आकर्षित गर्ने, दिगो विकास लक्ष्य हासिल गर्न मद्दत गर्ने, हरित तथा जलवायुमैत्री हरित हाइड्रोजन योजनालाई प्राथमिकतामा राख्ने र ऊर्जाको सहज प्रसारणसम्बन्धी नीतिको रोडम्याप तयार गर्न सरकारलाई सघाउने रहेका छन् । कार्यक्रममा एनआरएनएका पूर्व अध्यक्ष शेष घलेले नेपालमा ग्रिन हाइड्रो इनर्जीको विकास चुनौतीपूर्ण रहे पनि असम्भव भने नरहेको भन्दै सम्मेलनले ग्रिन हाइड्रोजनका सम्भावना र चुनौती उजागर गर्ने बताउनुभयो ।

पाटाका संस्थापक खन्नालाई पाटा लाइफटाइम अचिभमेन्ट अवार्ड, बोर्डका पूर्वसिइओ जोशीलाई पाटा पर्सनालिटी अफ द इयर २०२१, बुद्ध एयरका बस्नेतलाई पाटा टुरिजम ट्रेलब्लेजर अवार्ड २०२२ र ग्लोबललाई वेष्ट स्टुडेन्ट च्याप्टर अफ द इयर २०२२ अवार्ड प्रदान गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?