हिमाल दोलखा हाइड्रोको सेयर प्रत्याभूतिकर्तामा कोष

Read Time = 1 min

काठमाडौं । नागरिक लगानी कोषले हिमाल दोलखा हाइड्रोपावर कम्पनीको हकप्रद सेयरको प्रत्याभूति गर्ने भएको छ । मंगलबार कोष र हाइड्रोपावर कम्पनीबीच सो सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।

कम्पनीको हाल कायम चुक्ता पुँजी एक अर्ब ६० करोड रुपैयाँको ७५ प्रतिशत (१ः०.७५ को अनुपात) ले हुने एक अर्ब २० करोडको एक करोड २० लाख कित्ता हकप्रद सेयरको प्रत्याभूति कोषले गर्नेछ । सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल र दोलखा हाइड्रोका अध्यक्ष रञ्जना दाहालले हस्ताक्षर गर्नुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?