एफवान सफ्टको निर्देशकमा डेनियल

Read Time = 1 min

काठमाडौं । एफवान सफ्ट गु्रपको स्ट्राटेजी निर्देशकमा डेनियल डि श्रेष्ठ नियुक्त हुनुभएको छ । श्रेष्ठलाई एफवान सफ्ट गु्रपको सञ्चालक समिति बैठकले स्ट्राटेजी निर्देशकमा नियुक्त गरेको हो ।

उहाँ यसअघि एफवान गु्रपअन्तर्गतको हेल्थ टेक भर्टिकल कोजेन्ट हेल्थमा सिइओ र इसेवा मनि ट्रान्सफरमा निर्देशकका रूपमा कार्यरत हुनुहुन्थो ।

नयाँ जिम्मेवारी सम्हाल्दै निर्देशक श्रेष्ठले भन्नुभयो, ‘एफवान सफ्टअन्तर्गतका कम्पनीको हालसम्म जुन कम्पिटेन्सी बनेको छ, यसमा थप नयाँ सिनर्जी ल्याउन र गु्रप लेवल ग्रोथको भिजन प्राप्त गर्ने दिशामा मैले काम गर्नेछु ।’ स्ट्राटेजिक म्यानेजमेन्ट र मार्केटिङमा एमबीएसम्म अध्ययन गर्नुभएका श्रेष्ठ अब्बल व्यवस्थापकका रूपमा चिनिनुहुन्छ । श्रेष्ठसँग फिनटेक, हेल्थटेक, रेमिट्यान्सलगायतका क्षेत्रका विभिन्न कर्पोरेटमा उच्च तहमा १३ वर्षभन्दा बढी काम गरेको अनुभव छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?