यामाहा फ्यान्टास्टिक दशैं तिहार योजना

Read Time = 2 mins

काठमाडौं । काठमाडौंको नयाँ बसपार्कमा रहेको बिजी मलले दशैं तिहार लक्षित उपहार योजना ल्याएको छ । मलले यामाहा फ्यान्टास्टिक दशैं तिहार, हरेक हप्ता उपहारै उपहार नामक योजना ल्याएको हो ।

चाडपर्वका बेला अधिकांशले सपिङ गर्ने भएकाले कुनै न कुनै उपहारसहित सामान उपलब्ध गराउन उपहार योजना सुरु गरिएको मलका निर्देशक राजु गिरीले बताउनुभयो । योजनामा सहभागी हुन ग्राहकले बिजी मलमा रहेका कुनै पसल वा बसिल क्याफेमा कम्तीमा एक हजार रुपैयाको सामान खरिद गर्नुपर्नेछ ।

सामान खरिदपछि ग्राहकले पाउने उपहार कुपनका आधारमा साप्ताहिक तथा बम्पर उपहार प्रदान गरिने, बम्परमा एकजनाले यामाहाको १२५ सिसीको रेजर स्कुटर प्राप्त गर्ने मेला संयोजक हिरामणि तिमल्सिनाले जानकारी दिनुभयो ।

साप्ताहिक उपहारमा डिटिएच होम एप्लायन्सका वासिङ मेसिन, ग्याँस एण्ड इलेक्ट्रिक हिटर, इलेक्ट्रिक ओभन, फ्रिज, राइसकुकरलगायत रहेका छन् । योजना आगामी कात्तिक ३० गतेसम्म सञ्चालन हुने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?