एनएमबीको बडादशैंमा बडा डिजिटल धमाका

Read Time = 1 min

काठमाडौं । एनएमबी बैंकले कार्ड र मोबाइल बैंकिङ छुट र क्यासब्याक सुविधा प्रदान गर्न विभिन्न स्टोर र ब्राण्डसँग सहकार्य गरेको छ । महान् चाडलाई लक्षित गर्दै दुई हजार रुपैयाँसम्म छुट सुविधा योजना ल्याएको हो । जसअन्तर्गत ग्राहकले मोबाइल बैंकिङ र कार्ड प्रयोग गर्दा दुई हजार रुपैयाँसम्म पैसा बचत गर्न सक्ने बैंकले जनाएको छ ।

एनएमबी बैंकको ग्राहक डेबिट कार्डबाट इ-कमर्श/पोसमा कारोबार गर्दा १० प्रतिशत वा तीन सय रुपैयाँसम्म क्यासब्याक पाइनेछ भने क्रेडिट कार्डबाट इ-कमर्श/पोसमा कारोबार गर्दा २० प्रतिशत वा पाँच सय रुपैयाँसम्म क्यासब्याक पाइनेछ । ग्राहकहरूले इ-एनएमबी एपबाट एनटिसी/एनसेल टपअपमा तीन प्रतिशत तत्काल क्यासब्याक अफर पाउनुका साथै इएनएमबी एपबाट क्युआर पेमेन्ट गर्दा १० प्रतिशत वा दुई सय रुपैयाँसम्मको क्यासब्याक पाइने बैंकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?