काठमाडौं । लोकप्रिय बियर ब्राण्ड टुबोर्ग र संगीत निकै लामो समयदेखि सफलपूर्वक आबद्ध हुँदै आएको छ । टुबोर्गले नेपाली संगीत उद्योगको उत्थानका लागि सधैं सहकार्य गर्दै आएको छ । कम्पनीका अनुसार टुबोर्ग ओपन २०२२ राष्ट्रिय र अन्तर्राष्ट्रिय कलाकारको सहकार्यबाट संगीत उद्योगमा योगदान पु¥याउँदै आएको पहलको निरन्तरता हो ।
यस वर्षको टुबोर्ग ओपेन थिम ‘टेक द स्टेज’ अन्तर्गत भेक र विश्वभरका अन्य उदीयमान कलाकारले जेसन डेरुलोलाई भेट्ने र लस एन्जेलसमा उहाँसँग व्यक्तिगत मेन्टरसिप सत्र प्राप्त गर्ने मौका पाए । मेन्टरसिप सत्रमा जेसनले कलाकारलाई एउटा सफल गीत सिर्जना गर्ने तरिका र संगीत उद्योगमा कसरी सफल हुने विषयबारेमा मार्गदर्शन गराउनुभयो ।
लस एन्जेलसमा जेसनको मेन्टरसिपबाट सबै सिकेका कुरा आत्मसात गर्दै भेकले टुबोर्ग ओपेन २०२२ का लागि आफ्नो नयाँ गीत प्रस्तुत गर्नुभएको छ । टुबोर्ग ओपेनले आफ्नो पाँचौं वर्षको सुरुवात जेसन डेरुलोको मेन्टरसिपमा भेकको नयाँ गीत ‘खोलौं रमेर’ को साथमा गरेको छ ।
उक्त गीतलाई दर्शकले निकै रुचाएका छन् र युट्युबको टुबोर्ग नेपाल च्यानलमा रिलिज भएको केही घण्टामै श्रोता-दर्शकबाट धेरै माया पाइरहेको छ । गोर्खा ब्रुअरीका मार्केटिङ डिरेक्टर आशिष विष्ट भन्नुहुन्छ, ‘निकै लामो समयदेखि टुबोर्ग संगीतसँग जोडिँदै आएको छ ।
टुबोर्गले नेपाली सांगीतिक जगत्को उत्थानका लागि सधैं काम गर्दै आएको छ । टुबोर्ग ओपेन २०२२ अभियान सोही उद्देश्यको पहल हो, जहाँ हामीले नेपालका उदीयमान कलाकारलाई उनीहरूको प्रतिभा प्रदर्शन गर्न प्लेटफर्म प्रदान गरेका छौं । हामी यस वर्षका लागि जेसन डेरुलो र भेकसँग सहकार्यका लागि निकै उत्साहित छौं ।’
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका