यस्तो छ तपाईंको आश्विन १२ गते बुधबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज मिति २०७९ साल आश्विन १२ गते बुधबार, ई.सं.- २८ सेप्टेम्बर, २०२२ । तिथि- आश्विन शुक्लपक्ष तृतीया, नक्षत्र- चित्रा, ७ः४० बजे उप्रान्त स्वाती, योग- ऐन्द्र, ७ः२६ बजे उप्रान्त वैधृति, करण- तैतिल, चन्द्रराशि- तुला, सूर्योदयः ५ः५५, सूर्यास्तः १७ः५२ ।

मेष : समस्या दर्शाउँदा सहयोग गर्नेहरू भेटिनेछन् ।

वृष : प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ ।

मिथुन : जोखिमपूर्ण वा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला ।

कर्कट : स्वास्थ्य र अर्थका हिसाबले दिन कमजोर रहनेछ ।

सिंह : आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ ।

कन्या : मानप्रतिष्ठा र सामाजिक मर्यादा घट्नेछ ।

तुला : दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ ।

वृश्चिक : मिहिनेतपूर्वक गरिएको काममा अपजस आइलाग्न सक्छ ।

धनु : तत्काल लाभ नभए पनि पछिका लागि काम गर्ने समय छ ।

मकर : सोखले खर्च बढाए पनि अतिथिका रूपमा सत्कार पाइनेछ ।

कुम्भ : प्रियजनसँगको सम्बन्धमा चिसोपना आउनेछ ।

मीन : नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?