सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सल्यानको कपुरकोटमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। एकजना घाइते भएका छन्।

बाँकेको धकेरीबाट सल्यानको रिमकोटमा बिहे भोजमा सहभागी हुनेहरूलाई लिएर फर्केको रा १ ज ५६३ नम्बरको जीप गएराति कपुरकोट गाउँपालिका–३ मूलपानीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता इन्सपेक्टर सन्तोष खनालले जनाकारी दिनुभयो ।

मृत्यु हुनेको परिचय खुल्न सकेको छैन। एकजना घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनास्थलमा अहिले प्रहरी र स्थानीय बासिन्दाले उद्धार गरिरहेका छन्।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?