साबा महिला च्याम्पियनसिप : श्रीलंकाविरुद्ध नेपालको जित

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । माल्दिभ्समा जारी साबा महिला बास्केटबल च्याम्पियनसिपअन्तर्गत नेपालले दोस्रो खेलमा मंगलबार राति साविक विजेता श्रीलंकालाई ५५-४९ ले पराजित गरेको छ ।

पहिलो खेलमा नेपाल घरेलु टिमसँग ५१–४७ को नतिजामा पराजित भएको थियो । सन् २०१९ मा नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुदमा नेपालसँग भोगेको पराजयको बदला लिन माल्दिभ्स सफल भएको थियो ।

उपाधि होडमा कायम रहन नेपाललाई आजको खेल जित्नै पर्ने दबाब थियो । नेपाल, भुटान, श्रीलंका र माल्दिभ्स मात्रै सहभागी भएकाले लिग पद्धतिमा जारी प्रतियोगितामा सबैभन्दा बढी अंक जोड्ने टिम च्याम्पियन हुनेछ ।

पहिलो खेलमा पराजित भएसँगै नेपाललाई उपाधिका लागि सबै खेल जित्नु पर्ने दबाब छ । दक्षिण एसियाली बास्केटबल संघ (साबा) महिला बास्केटबल च्याम्पियनसिपको यो दोस्रो संस्करण हो ।

यसअघि सन् २०१६ मा नेपालमा भएको पहिलो संस्करणको फाइनलमा श्रीलंकासँग पराजित हुँदा नेपाल उपविजेता बनेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?