यसभन्दा पहिले मैले ऋग्वेदका प्रथम मन्त्रमा आएको अग्निसम्बन्धी मन्त्रमा रहेका अग्निका विशेषताको वर्णन विश्लेषण र अध्ययन प्रस्तुत गरेको थिएँ । आज म त्यसै मन्त्रमा आएको अग्निको तेस्रो र चौथो विशेषणपदको व्याख्याविश्लेषण गर्ने धृष्टता गर्दैछु । अग्निको तेस्रो विशेषण हो ऋत्विजम् यसको अर्थ ऋतुभिर्यजति हो । ऋतुसँग मिलेको या ऋतुबाट अनेकौं रूप धारण गरी काम गर्ने । जम्मा छवटा ऋतु हुन्छन् । तिनको आरम्भ वसन्तबाट मान्दा यहीँबाट दोस्रो संवत्सराग्नि उत्पन्न हुन्छ । लोकमा प्रचलित वसन्तादि नामका स्थानमा वेदले दुई-दुई महिनाको युग्मक बनाएर ऋत्वग्निवाचक शब्दावली निर्माण गरेको भेटिन्छ । ऋतुसँगका सम्बन्धका कारणले समयको नाम पनि कालवाचक बनेको देखिन्छ ।
यसै अग्निबाट जुन-जुन समयमा जुन-जुन पदार्थ प्रधान रूपले यस भूमण्डलका पदार्थमा देखापर्दछन् तिनैसँग सम्बन्धित बनाएर वेदले बार महिनाको नाम राखेको भेटिन्छ:- चइत (मधु), वैशाख (माधव), जेठ (शुक्र असार (शुचि साउन (नभ), भदौ (नभस्य, असोज (इष), कात्तिक (ऊर्ज), मंसिर (सह), पुस (सहस्य), तप (माघ), तपस्य (फागुन) । यी बाह्र महिना दुई–दुई महिनाका युग्मकमा परिणत भएर छवटा ऋतुले यी बार महिनालाई जनाउने काम गर्दछन् र तिनको मूल विशेषता चाहिँ वेदले देखाएजस्तै नै लोकमा आज पनि देखिन्छ नै । पहिलो युग्मक चैत वैशाखमा सूर्याग्निबाट मधु विशेषगरी आउने हुनाले यसलाई मधु र मधुस्य भनेको देखिन्छ ।
ज्येष्ठ र आषाढलाई शुक्र र शुचि भनेको छ यसमा उष्णतारूपाग्निको प्रधानता रहन्छ र यो शुचि नाम पनि अग्निको नै हो भन्ने कोष हेर्नेले बुझेकै हुनुपर्छ । नभ र नभस्य भनेको साउन र भदौ हुन् । त्यही अग्नि जलका रूपमा परिणत भएर समग्र पदार्थमा रस प्रदान गर्दछ । इष र ऊर्ज असोज र कात्तिक जलरूपको रस अन्नमा परिणत भएर बाला लाग्न लाग्दछ । इष भनेको अन्न हो भने ऊर्ज भनेको बल हो र बलबाटै बाला बनेको छ । सह र सहस्य भनेर मंसिर तथा पुसलाई भनिएको छ । यसमा पनि बलैको प्रधानता हुन्छ । अन्नादि परिपुष्ट बनेर किसानले भित्र्याउँदासम्म नै बलकै काम रहेको देखिन्छ ।
सूर्यमण्डल र पृथ्वीको परिवर्तनशील सम्बन्धअनुसार भिन्न-भिन्न परिस्थितिमा भिन्न-भिन्न किसिमले सूर्यमण्डलबाट उपलब्ध हुने ब्रहृमाण्डका सारा पदार्थमा प्रविष्ट भएर सबैलाई धारण गर्ने गराउने र सबैलाई शक्ति प्रदान गर्ने प्राणरूप अग्निको नाम ऋत्वाग्नि या संवत्सराग्नि हो ।
यिनै दिनमा घाम तापेर हामी बल ग्रहण गर्दछौँ पनि । कोषले सह भनेको बल भनेर भनेको छ । तप र तपस्य माघफागुनमा उष्णता प्रारम्भ हुन्छ । उष्णताले तपन प्रदान गर्दछ । लोकानुभव र वैदिक वर्णनलाई मिलाएर सूक्ष्म किसिमले हामीले हेर्यौँ भने यहाँ बताइएका सबै कुराले पुष्टि पाउँछन् । यसै ऋत्वाग्निका सम्बन्धमा पूर्वाद्र्ध मन्त्रमा उत्तम ढंगले बताएको छ ऋत्विजम् भनेर ।
सूर्यमण्डल र पृथ्वीको परिवर्तनशील सम्बन्धअनुसार भिन्न भिन्न परिस्थितिमा भिन्न भिन्न किसिमले सूर्यमण्डलबाट उपलब्ध हुने ब्रहृमाण्डका सारा पदार्थमा प्रविष्ट भएर सबैलाई धारण गर्ने गराउने र सबैलाई शक्ति प्रदान गर्ने प्राणरूप अग्निकै नाम ऋत्वाग्नि या संवत्सराग्नि हो । एक वर्षसम्म एक संवत्सर रहन्छ । यसबीचमा पनि यो आन्तरिक किसिमले क्रमिक परिवर्तन भई नै रहेको हुन्छ । यसै कारण समय (मौसम) को नामलाई हामीले ऋतु भन्ने राखेका हौँ । मकर संक्रान्तिदेखि कर्कट संक्रान्तिसम्म यो अग्निको प्रोन्नतिकाल रहेको मानिन्छ ।
यसैगरी कर्कटदेखि मकर संक्रान्तिसम्मको समय चाहिँ यसको क्रमिक रूपले ह्रासकाल मानिन्छ । सौराग्नि उन्नतावस्थामा पुग्दा पार्थिवाग्नि ह्रास हुन्छ भन्ने कुरो राम्ररी बुझ्नुपर्दछ अन्यथा अर्थको अनर्थ पनि हुनसक्छ । पार्थीवाग्नि उन्नतावस्थामा पुग्दा सौराग्नि ह्रास हुन्छ । यो विज्ञान आयुर्वेदलगायत सबै शास्त्रका सिद्धान्तमा रहेको भेटिन्छ र हाम्रा अनुभवले पनि यही नै बताउँछ । सौराग्निका उन्नत काललाई ऋत शब्दबाट र क्षयकाललाई सत्य शब्दबाट वेदले संगेत गरेको भेटिन्छ । सौराग्निलाई ऋत शब्द र पार्थीवाग्निलाई सत्य शब्दका माध्यमले वेदले संबोधन गर्दछ ।
यसरी हेर्दा ऋत र सत्य दुवै अग्निकै नाम सावित हुन्छन् । तैत्तिरीय शाखाले यही कुरो हामीलाई बताएको छ । ऋत परिधीय भावमा रहने र सत्य भनेको चाहिँ केन्द्रीय भाव भएको वस्तु पनि मानिन्छ । जल केन्द्र बनाएर रहँदैन त्यसो भएको हुनाले यसलाई ऋत शब्दले जनाइन्छ भने पृथ्वी या पार्थीव पदार्थ चाहिँ सधैँ केन्द्र बनाएर रहने भएका कारणले सत्य शब्दबाट सम्बोधित हुन्छन् । पहिले जुन पञ्चमण्डल मैले बताएको थिएँ तिनमा एउटा-एउटा ऋत र एउटा-एउटा सत्य रहेका हुन्छन् । जस्तै : स्वयम्भूमण्डल सत्य हो भने परमेष्ठीमण्डल सोम प्रधान भएको हुनाले ऋत मानिन्छ ।
सूर्यमण्डल सत्य हो भने अन्तरिक्षमण्डलस्थ वायु चाहिँ ऋत हो । पृथ्वी सत्य हो । यसरी श्रुतिले वर्णन गरेको देखिन्छ । सूर्यमण्डलबाट आएको या आउने अग्नि प्रकीर्ण भावमा नै रहने र आउने पनि भएको हुनाले यो ऋत हो । पार्थीवाग्नि चाहिँ सत्य हो किनभने यो केन्द्रमा छ र केन्द्र बनाएरै रहेको पनि देखिन्छ । अग्निको उन्नत समयलाई दिन र क्षयकाललाई रात पनि भनिन्छ । यी दिनरात शब्द पनि तिन अर्थमा प्रयुक्त भएका देखिन्छन्- १, हाम्रो दिन र रात प्रसिद्ध नै छ । २, शुक्लपक्षलाई दिन तथा कृष्णपक्षलाई रात भनिन्छ ।
यो चन्द्रमा या चन्द्रमासँग सम्बन्ध राख्ने हाम्रा पितृसँग सम्बद्ध रहेको देखिन्छ । ३, उत्तरायण्लाई दिन र दक्षिणयनलाई रात मानिन्छ । यो विभाग चाहिँ सूर्यसँग सम्बन्धित हुने भएका कारणले एक वर्षका दुई भाग वा रूपका हुन्छन् । वैदिक भाषामा दिनलाई शब्द र रात्रिलाई सगरा पनि भनिन्छ । वैदिक कोष निघन्टुमा अन्तरिक्ष (आकाश) लाई समुद्र र सागर पनि भनिएको भेटिन्छ । सूक्ष्म विचार गर्दा अन्तरिक्षको त्यो गोलाद्र्ध जसमा सूर्यमण्डलको स्थिति हुन्छ त्यसलाई चाहिँ समुद्र शब्दबाट सम्बोधन गरिनु उपयुक्त हो कि झैँ लाग्छ र सूर्यमण्डलरहित गोलाद्र्धलाई सागर या अर्णव्र भनिएको भए उपयुक्त हुन्थ्यो कि जस्तो लाग्छ ।
कारण जब मकरवृत्तमा सूर्य हुन्छन् तब मकरदेखि कर्कटसम्मको भाग समुद्र कहलिन्छ । कर्कटभन्दा मकरपूर्वको भागलाई सागर या अर्णव भन्ने गरिएका शास्त्र संकेत भेटिन्छन् । यो विभाग पनि अघि भनिएका सौर तथा अग्निकै विभाग पनि मानिन्छन् । जुन अन्तरिक्ष विभागमा ऋत्वाग्नि पूर्ण व्याप्त हुन्छ त्यो समुद्र हो रजसमा ऋत्वाग्निको ह्रास हुन्छ । त्यो चाहिँ सागर या अर्णव भनिन्छ । यसरी अग्नि अग्निसम्बन्धी काल र त्यो अग्निको व्याप्तिको प्रदेश तीनैवटाको विवरण अघमर्षणसूक्त का मन्त्रमा उल्लेख गरिएको छ ।
यिनै सूर्याग्नि र ऋत्वाग्नि नै हाम्रा परम आराध्य हुन् जसलाई एक शब्दमा संवत्सराग्नि भन्न सकिन्छ । यही अग्नि सबैका प्राणप्रद रहेका छन् । यिनकै कारणले सबैमा पवित्रता आएको हुन्छ । यही अग्नि नै सबै पदार्थमा रहेका मलको प्रशोधक मानिन्छ । यो अग्निको प्रतिपादक अद्दमर्षणसूक्त परम पवित्र र सर्व पापनासक मानिएको छ । यो सूक्तलाई जप्नु भन्ने श्रुतिमा आदेश पाइन्छ । यद्येव विद्यया करोति तदेव वीर्यवत्तरं भवतिज्ञानयुक्त कर्मका आचरणबाट नै यथार्थमा सिद्धि पाइन्छ । यसो भएको हुनाले यसको तत्वज्ञान र मनन गरेर मात्र हामीले यस मन्त्रलाई जप्ने गर्न सक्छौँ ।
ऋग्वेदमा अग्निको अर्को विशेषता छ ऋत्विजम्सूर्याग्नि नै ऋतुहरूको कारण हो । यो एकाकि एकरूप हुँदाहुँदै बेग्लाबेग्लै ऋतिुलाई बनाउन सक्दैन । जबसम्म त्यसमा अन्य कुनै दोस्रो पदार्थको योग हुँदैन । यो दोस्रो पदार्थ भनेको सोम नै हो । सोमतत्व चन्द्रमाबाट प्राप्त हुन्छ । यसै कारण ऋतुउत्पादक चन्द्रमा मानिन्छ:-
पूर्वापरं चरतो माययैतौ शिशू क्रीडन्तौ परियातो अध्वरम् । विश्वान्यन्यो भुवनाभिचष्टेऋतूं रन्यो विदधज्जायते पुनः ।। (ऋक्,१०,८५,१८)।
सूर्य र चन्द्रमा आफ्नै शक्तिबाट बालकका झैँ खेल्दै अगाडिपछाडि गर्दै अनेक लोक विचरण गर्दछन् र यज्ञमा आउँछन् । यिनीहरूमध्ये एक (सूर्य) ले सबै लोकलाई प्रकाशित गर्दछ । अर्को (चन्द्रमा) चाहिँ ऋतुहरूलाई उत्पन्न गर्दै बारम्बार पैदा हुन्छ । यसैले भनिन्छ नवोनवो भवति जायमानः भनेर चन्द्रलाई श्रुतिले भन्ने गरेको भेटिन्छ । चन्द्रमाका सोमको अधिकल्पताका कारण सूर्याग्निबाट ऋतुहरू बन्छन् भन्ने कुरो त सिद्ध भयो परन्तु यी दुईको पृथ्वीमा जुन प्रभाव पर्दछ त्यसबाट फल, फूल, धान्यादिका साथै ओखती आदि पनि उत्पन्न हुन्छन् । सूर्यचन्द्रविना पार्थीवाग्निले यी सबैलाई उत्पन्न गराउन सक्दैन ।
सूर्य र चन्द्रमा आफ्नै शक्तिबाट बालकका झैँ खेल्दै अगाडिपछाडि गर्दै अनेक लोक विचरण गर्दछन् र यज्ञमा पनि आउँछन् । यिनीहरूमध्ये एक (सूर्य) ले सबै लोकलाई प्रकाशित गर्दछ । अर्को (चन्द्रमा) चाहिँ ऋतुहरूलाई उत्पन्न गर्दै बारम्बार पैदा हुन्छ ।
यसो भएका कारणले नै वेदमा यो अग्नि ऋत्विज भनिएको हो । ऋतुसँग मिलेका छन् । अथवा ऋतुजनित फल दिनेवाला मानिन्छन् । सोम चन्द्रबाट र अग्नि सूर्यबाट आएर यिनलाई अभिप्रेरित गर्दछन् । फल, फूल, धान्यादि यिनकै योगबाट सबै प्रकारका पार्थीव भोग्य पदार्थको उत्पादन हुन्छ । वेदको यो विज्ञानलाई यही ऋत्विजम पदले बताएको देखिन्छ । खडेरी या अति वर्षाबाट बालीनाली, वन, झारपात फलफूल केही पनि नहुने कारण यही हो । चौथो विशेषण हो होतारम्यसको अर्थ हो हवन सामग्री, हवन साधन, हवनीय पात्र ।
हवन अग्निमा नै गरिन्छ गर्नुपर्छ । अग्निविना हवन हुन सक्दैन । किनभने देवतालाई बोलाउने पनि यही हो र देवताले पनि अग्निकै मुखबाट खान्छन् । होता शब्द हृवाताबाट बनेको हो । पाँचौं विशेषण रत्नधातमम् हो । यसको अर्थ हो रत्नलाई पोषण गर्ने या रत्नधारी, अर्को अर्थमा भन्नुपर्दा तमाम रत्न प्रदाता, जति सुवर्ण मण्मिाण्क्यिादि छन् ती सबै सोमाग्निबाटै उत्पन्न हुन्छन् । पार्थीवाग्निमा तपित ती धातु, पाषाण आदि सबैलाई न्यायले पनि तैजस भन्ने नाम दिएको छ । तैत्तीरीय ब्राहृमणले कसरी सुन बन्छ भनेर स्पष्ट भनेको छ :
आपो वरुणस्य पत्न्य आसन् ता अग्नि अभ्यध्यायन् ।
ताः समभवन् तस्य रेतः परापतत्, तद्धिरण्यमभवत् ।। (तै. ब्रा.१।१।३)।
पार्थीव रसभागमा अग्निको वीर्यको पतनका कारणले सुन बनेको हो भन्यो मन्त्रले । यसै भएका कारणले अग्निलाई संस्कृतमा हिरण्यरेता भनिन्छ । आधुनिक विज्ञानले (१२×/०एलिमेन्ट) यसको फर्मुला बताएको भेटिन्छ । यसको परीक्षण र प्रयोग विज्ञानमा हुनसक्छ । यस्तो प्रभावशाली अग्निलाई ऋग्वेदको प्रथम ऋचामा नै राखेर वैज्ञानिक सूत्र सिकाएको देखिन्छ । हाम्रो पठन प्रणली र पाठन प्रणली हलीगोडे ह भएको हुनाले वानरका हातमा नरिवल भएको छ वेदको विज्ञान । अब आगामी शृंखलामा म वायुदेव र सूर्यदेवका सम्बन्धका बीच शिक्षा र विकास, हाम्रो परिवेशबारे विमर्श गर्नेछु ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका