कृषि तथा पशु सेवा प्राविधिकलाई अभिमुखिकरण

हिमालय टाइम्स
Read Time = 3 mins

-रमेश विश्वकर्मा

गुल्मी । गुल्मीका कृषि तथा पशु सेवा प्राविधिकहरूका लागि अभिमुखिकरण गरिएको छ । मंगलबार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई गुल्मीको आयोजनामा जिल्ला समन्वय समिति गुल्मीको सभाहलमा उक्त अभिमुखिकरण गरिएको हो ।

यस जिल्लाका दुई नगरपालिका र दश गाउँपालिका गरि बाह्र स्थानीय तहमा कार्यरत कृषि तथा पशु सेवा प्राविधिकहरुका लागि पकेटरब्लक विकास कार्यक्रम संचालन सम्बन्धि अभिमुखिकरण गोष्ठि गरिएको परियोजनाका प्रमुख गंगा पोखरेलले जानकारी दिनुभयो ।

आ.व. २०७९/०८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार यो कार्यक्रम गरिएको उहाँले बताउनुभयो । त्यस्तै, समयमै प्रगति विवरण उपलब्ध गराउन परियोजना प्रमुख पोखरेलले कृषि तथा पशु सेवा प्राविधिकहरुलाई निर्देशन दिनुभयो । उहाँले प्रगति विवरण अनुसार आगामी कार्यक्रम बनाउन सहज हुने बताउनुभयो ।

त्यस कार्यक्रममा कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले पकेट विकास कार्यक्रम बारे परियोजना कार्यान्वयन म्यानुअलमा रहेको व्यवस्थाको बारेमा जानकारी गराउनुभएको थियो । पकेट कार्यक्रमलाई कसरी संचालन र कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेतर्फ सबै लाग्नुपर्ने उहाँले बताउनुभयो ।

त्यस्तै, जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण बहादुर खत्रीले कृषि तथा पशु सेवा प्राविधिकहरुले कार्यक्रमको महत्त्व बुझेर पहिलो चौमासिकभित्र कृषि र पशु क्षेत्रमा योजना बनाउन निर्देशन दिनुभयो । प्राविधिकहरु आफुहरु पालिका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतसंग समन्वय गरेर निरन्तर काम गर्नुपर्ने बताउनुभयो ।

अभिमुखिकरण कार्यक्रममा जिल्ला समन्वय समिति गुल्मीका उपप्रमुख तेजेन्द्र सलामी र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीका भरत काफ्लेले कृषि तथा पशु सेवा सम्बन्धि मन्तव्य राख्नुभएको थियो । उहाँहरुले कृषकहरुको सहजताका लागि यहाँहरुको महत्त्वपूर्ण भुमिका रहेको बताउनुभयो ।

कृषि तथा पशु सेवा प्राविधिकहरुले स्थानीय तहमा भएको कृषि र पशु सम्बन्धि जानकारी गराउनुभएको थियो । जोन क्षेत्र विस्तार गर्नको लागि असोज मसान्तभित्र कार्यपालिकाको निर्णय गराउन सबै प्राविधिकहरुलाई निर्देशन दिइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?