खाद्यमा खसी बोका किन्नेको घुइँचो (फोटोफिचर)

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेपाल खाद्य संस्थानले आजबाट दशैँका लागि खसीबोका र च्यांग्राको बिक्रीवितरण सुरु गरेको छ। संस्थानले अञ्चल कार्यालय थापाथलीबाट बेच्न सुरु गरेको जनाएको छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैँका लागि खसी बोका र च्याङ्ग्रा बिक्री बुधबारबाट शुरु गरेको छ। कम्पनीले मंगलबार बिक्री गर्ने गरी मूल्य तोकेको थियो। अन्तिम समयमा कम्पनीले च्याङ्ग्रा पनि बिक्री गर्न लागेको कम्पनीका नायव महाप्रबन्धक श्रीमणिराज खनालले बताउनुभयो ।

खसीबोकाको मूल्य ६ सय ८० प्रतिकिलो तोकिएको छ। त्यस्तै, च्याङ्ग्राको मूल्यप्रति केजी १२ सय ६० रुपैयाँ राखिएको छ।

कम्पनीले यो दशैँमा करिब २ हजार वटा खसीबोका र १ हजार वटा च्याङ्ग्रा बेच्ने भनेकोमा ६ सय वटा च्याङ्ग्रा र १८ सय वटा खसीबोका बेच्ने भएको नायव महाप्रबन्धक खनालले बताउनुभयो । कम्पनीले खसीबोकाको मूल्यमा प्रतिकेजी १० रुपैयाँ छुट दिएको छ।

यो वर्ष खसीबोकाको मूल्य गतवर्षको दशैँको तुलनामा प्रतिकेजी १ सय ३० रुपैयाँ बढेको छ। अघिल्लो वर्ष प्रतिकेजी ५ सय ५० रुपैयाँमा खसीबोका बिक्री गरेको थियो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?