आरोही हिलारी नेल्सन मृत अवस्थामा फेला

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । मनास्लु हिमालमा सोमबारदेखि बेपत्ता भएकी स्की आरोही हिलारी नेल्सन मृत अवस्थामा फेला परेकी छिन्।

४९ वर्षीय नेल्सन गोरखा मनाङको सिमा क्षेत्रमा मृत भेटिएको गोरखाका प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिनुभयो ।

उहाँका अनुसार मनाङ जाने बाटो नजिक हिमथाङ भन्ने ठाउँमा आज बिहान नेल्सनको शव फेला परेको हो।

नेल्सनको शव सिम्रिक एअरबाट काठमाडौंको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा ल्याइएको छ। यस्तै, मनास्लुको हिम पहिरो परी मृत्यु भएका संखुवासभाका अनुप राईको शवपनि काठमाडौं ल्याएर शिक्षण अस्पतालमा नै राखिएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?