कांग्रेसमा धेरै विचलन आयो की ममा कांग्रेसकै साथीहरूले जवाफ दिउन् : रवीन्द्र मिश्र

फाईल फाेटाे

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । विवेकशील साझाका संस्थापक अध्यक्ष एवं राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले वर्षौदेखि देशमा रहेको गलत राजनीतिक गतिविधिको सुधार गर्नुपर्ने बताउनु भएको छ । राप्रपा र मिश्र समूहको एकता घोषणा कार्यक्रममा उहाँले देशको बेथितीमाथि राप्रपाले उठाइरहेको एजेण्डाको प्रशंशा गर्दै अब सोही एजेण्डामा अझ मजबुत सैलीमा अघि बढ्ने बताउनु भयो ।

कार्यक्रममा उहाँले नेपाली नेपालीबीच हुने झगडा सामान्य हुने तर राजदरवार भत्काएर दिल्लीलाई केन्द्र बनाउने सैली गलत भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘हामी आफू आफू झगडा गरौं, राजा पनि नेपाली नागरिक नै हुन् उनीसँग पनि झगडा गर्न सकियो । तर, यहाँको राजदरवार भत्काएर नयाँ दिल्लीलाई दरवार मान्नु भएन ।’

कार्यक्रममा उहाँले तीन वर्षअघि आफूले नेपाल विश्वको भूराजनीतिको केन्द्र बनेको बुझेको पनि बताउनु भयो । उहाँले भन्नुभयो, ‘अमेरिकी कुटनीतिज्ञहरू नेपाल आइरहेका छन्, चीनका ठूला नेता आएका छन् । भारतको प्राथमिकतामा नेपाल सधै उच्च छ । यसले के देखाउँछ भने नेपाल विश्वशक्तिको केन्द्र बनिरहेको छ । तर, हामी आफै चाही भष्ट्र सरकार लिएर बसिरहेका छौं । जहाँ सरकारका कुनै पनि अंगले आफ्ना काम गरिरहेका छन् ।’ त्यही कारण नेपालमा भूराजनीतिक जटिलताहरु आइरहेको उहाँले बताउनु भयो। यदि यहाँ द्धन्द्ध चर्कियो भने कहिल्यै समाधान नहुने उहाँको भनाइ छ ।

उहाँले राजनीति सिंगो देशलाई गाइड गर्ने नीति भएको बताउनु भयो । तर, यहाँ देशको राजनीति गर्ने कोही भएनन् । पेशा व्यवसाय त सबैले गरेकै होलान तर अब देशलाई गाइड गर्ने राजनीति आवश्यक रहेको उहाँको भनाइ छ । उहाँले आफूलाई कांग्रेसका केही नेताहरूले आफूमा विचलन आएको आरोप लगाउन गरेको पनि बताउनु भयो । उहाँले भन्नुभया, ‘कांग्रेसले आफ्नो इतिहास हेरोस् । कांग्रेसमा कति विचलन आएको छ । यसको जवाफ कांग्रेसका साथीहरूले नै दिउँन । ’

उहाँले धर्मनिरपेक्षताले नेपाली समाज विकृत बनेको पनि बताउनु भयो । यसमा वामवादले थप क्षति पुराएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘चामलको बोरामा राखेर बाइबल किन बाढ्ने ? पशुपति मन्दिरमै गएर बाइबल बाचन गर्नुपर्छ र ? तीन चार कक्षामा पढ्ने बालबालिकालाई किन बाइबल पढाउने ? ’ उहाँले आफू पनि क्रिश्चियन देशमा धेरै वर्ष बसेको तर यहाँ जस्तो विचलन नपाएको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?