लोसपाकी चन्दा चौधरी कांग्रेसमा प्रवेश

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टीकी नेतृ चन्दा चौधरी नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा र नेतृ तथा देउवा पत्नी आरजु राणा देउवाले चौधरीलाई कांग्रेसमा स्वागत गरेर भित्र्याउनु भयो ।
चौधरी लोसपाकी निवर्तमान सांसद तथा पूर्वमन्त्रीसमेत हुनुभयो ।

आगामी निर्वाचनमा सर्लाही-४ बाट उठ्ने गरी कांग्रेस प्रवेश गराइएको स्रोतले जनाएको छ । उक्त क्षेत्रबाट अमरेशकुमार सिंहले जित्नुभएको थियो। तर, यसपटक सिंह सिफारिसमै पर्नुभएको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?