भोजपुरमा म्यादी प्रहरीका लागि स्थानीय टुँडिखेलमा परीक्षा

Read Time = 1 min
A A- A+

भोजपुर । आगामी मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधीसभा निर्वाचनमा खटिने म्यादी प्रहरीका लागि जिल्ला प्रहरी कार्यालय भोजपुरले लिखित परीक्षा संचालन गरेको छ ।

सदरमुकाममा रहेको स्थानीय टुँडिखेलमा बुधवार म्यादी प्रहरीका लागि आवेदन गरेकाहरुको लिखित परीक्षा संचालन गरिएको हो । भोजपुरमा म्यादी प्रहरीका लागि स्थानीय तहमा भन्दा कमले आवेदन दिएका छन । जिल्ला प्रहरी कार्यालय भोजपुरका सुचना अधिकारी प्रहरी निरीक्षक नितेश कुमार सिंहका अनुसार म्यादी प्रहरीका लागि एक हजार ३ सय ९ जनाको आवेदन परेको थियो । जसमा छ सय ६१ जना लिखित परीक्षामा सामेल भएका छन भने अन्य पूर्व प्रहरी तथा अघिल्ला निर्वाचनमा काम गरी सकेका म्यादीहरु छन । पुरानाहरुको भने मौखिक परीक्षा मात्र हुने छ ।

भोजपुरमा निर्वाचनका लागि अन्य सुरक्षाकर्मीसँग आठ सय ६० जना म्यादी प्रहरी पनि परिचालन हुने छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?