युक्रेनको चार क्षेत्रमा भएको जनमतसंग्रहमा रुसमा गाभिने नतिजा आएको दाबी

Read Time = 2 mins

मस्को । आफ्नो कब्जामा रहेका युक्रेनी क्षेत्रमा रुसले चारवटा जनमतसंग्रह गरेको र त्यसको नतिजा रुसमा गाभिने पक्षमा आएको दाबी गरेको छ । भाग लिएका मध्ये अधिकांशले युक्रेनबाट छुट्टिएर रुसमा गाभिने पक्षमा मत दिएको दाबी रुसी अधिकारीले गरेका छन् । मस्काले युक्रेनी क्षेत्रमा आफ्ना अधिकारी खटाएर तथाकथित जनमतसंग्रह गराएको हो । त्यसको नतिजालाई युक्रेनको भू–भाग टुक्रयाएर रुसमा गाभ्ने प्रयोजनका लागि प्रयोग गर्ने मस्कोको योजना छ ।

युक्रेन र उसका सहयोगीहरूले रुसले गराएको जनमतसंग्रहलाई लाजमर्दो भन्दै त्यसको वैधता खारेज गरेका छन् । अन्तर्राष्ट्रिय मान्यताको अभावमा ‘जनमतसंग्रह’ को प्रक्रिया स्वतन्त्र रूपले अनुगमन गरिएको थिए ।

रुसले युक्रेनको पूर्वी क्षेत्र डोनेट्स्क र लुहान्स्कमा ‘जनमतसंग्रह’ गराएको हो । यस्तै रुसको कब्जामा रहेको दक्षिणी क्षेत्र खेर्सन र जापोरिजझियामा पनि ‘जनमतसंग्रह’ भएको हो ।

युक्रेनको कुल क्षेत्रको १५ प्रतिशत भू-भाग ओगट्ने युद्धग्रस्त क्षेत्रका ४० लाख मानिसलाई मतदान गर्न भनिएको थियो । सहभागी भएकामध्ये ९९.२३ प्रतिशत मानिसले रुसमा जोडिने पक्षमा मत दिएको डोनेट्स्कको रुस समर्थित सत्ताद्वारा सञ्चालित समाचार संस्थाले जनाएको छ ।

यही ‘जनमतसंग्रह’ लाई आधार बनाएर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आउँदो शुक्रबार रुसी संसदको संयुक्त सत्रको क्रममा युक्रेनका चार क्षेत्र रुसमा गाभेको घोषणा गर्ने सम्भावना रहेको बताइएको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?