क्युबामा आँधीका कारण १० लाख मानिस अध्यारोमा बस्न बाध्य

Read Time = 1 min

हवाना । क्युबामा हालै आएको आँधीका कारण हजारौं मानिस विस्थापित हुँदा १० लाख मानिस अध्यारोमा बस्न बाध्य भएका छन् । क्युबामा आएको इयान नामक आँधीका कारण एक जनाको मृत्युको भएको छ भने भवन तथा संरचनामा ठूलो क्षति पुगेको छ ।

यसैबीच क्युबाका राष्ट्रपति मिगुएल डियाज क्यानेलले आँधी प्रभावित क्षेत्रको समेत भ्रमण गर्नुभएको छ । उहाँले बाढी प्रभावितहरूका लागि उचित ब्यवस्थापन र क्षतिपूर्ति उपलब्ध गराउनसमेत निर्देशन दिनुभएको छ ।

आँधीले क्युबाको जनजीवन अस्तव्यस्त बनेपछि त्यहाँका ६ वटा क्षेत्रमा आपत्कालकोसमेत घोषणा गरिएको छ । आँधी प्रभावित क्षेत्रमा बाढी र पहिरो आउन सक्ने भन्दै चेतावनी जारी गरिएको छ । आँधी १९५ किलोमिटर प्रतिघण्टाको गतिमा फ्लोरिडातर्फ अघि बढिरहेको जनाइएको छ । सोही आँधी मंगलबारदेखि मेक्सिकोको दक्षिण-पूर्वी खाडीमा बलियो हुँदै अगाडि बढेको हो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?