साकिरामाथि कर छलीको मुद्दा चलाउन अनुमति

Read Time = 2 mins

म्याड्रिट । कोलम्बियन पप स्टार साकिरामाथि कर छलीको मामलामा स्पेनको एक अदालतले मुद्दा चलाउन अनुमति दिएको छ । स्पेनिस अभियोजकले सन् २०१८ मा गायिकामाथि सन् २०१२ र सन् २०१४ को बीच आर्जित आम्दानीबाट १४ दशमलव पाँच मिलियन युरो कर भुक्तान नगरेको र कर विभागलाई धोका दिएको आरोप लगाएको छ ।

अभियोजकले साकिरालाई दोषी ठह¥याउँदै आठ वर्षको जेल सजाय र अधिकतम जरिवाना भराउन माग गरेको छ । साकिराले भने आफूमाथि लागेको आरोपको खण्डन गर्दै आफूले कुनै पनि गलत काम नगरेको दाबी गर्नुभएको छ । ‘उहाँले सबै कर बुझाउनुभएको छ ।

उहाँमाथि जुन बाँकी हो, त्यो तीन मिलियन युरो व्याजमात्र हो’, उहाँको जनसम्पर्क अधिकृतले भन्नुभएको छ । बार्सिलोनाको एस्प्लग्युज डी लोब्रेगेट शहरमा रहेको अदालतले साकिराले कर छलीको पाँच मामलाको सामना गर्नुपर्ने बताएको छ । यद्यपि यो मामलामा अदालतले औपचारिक रेफरलको घोषणा गरेको छैन र ट्रायलका लागि मिति पनि तोकेको छैन । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?