विश्व स्कुल दूध दिवस सम्पन्न

Read Time = 3 mins

काठमाडौं । नेपाल डेरी एसोसिएसनले पाँच दिवसीय विश्व स्कुल दूध दिवस सम्पन्न गरेको छ । सो अवसरमा एसोसिएसनले असोज ७ गते देशव्यापी पाँच दिनसम्म दिवस मनाउने घोषणा गरेको थियो । असोज ८ गते पहिलो दिनको कार्यक्रमअन्तर्गत काठमाडौंको शंखमूलस्थित दृश्य बहुउद्देश्यीय सहकारीको सहकार्यमा बालबालिकालाई दूध तथा दुग्ध पदार्थ सेवन गराई एसोसिएसनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहालले उद्घाटन गर्नुभएको थियो ।

त्यसैगरी असोज ९ गते सिन्धुलीको कमलामाई नगरपालिका, कमलामाई पार्टी प्यालेसमा दुग्ध किसान, व्यवसायी एवं उद्योगीसहितको उपस्थितिमा विभिन्न विद्यालयका दुई सय विद्यार्थीहरूलाई दूध तथा दुग्ध पदार्थ वितरण गरिएको थियो भने असोज १० गते रोटरी क्लब अफ कपनसँगको सहकार्यमा विद्यार्थीलाई अनिवार्य दूध तथा दुग्ध पदार्थ सेवन गर्न लगाउनुपर्ने विषयमा एक अन्तरक्रिया आयोजना गरेको थियो । असोज ११ गते त्रिरत्न स्कुल डल्लुमा विद्यार्थीलाई दूध तथा दुग्ध पदार्थ सेवन गराई र अन्तिम दिन बुधबार काठमाडौंको सेन्ट जर्ज इन्टरनेशनल स्कुल धुम्बाराहीमा उद्योगी, किसान एवं विद्यार्थीबीच तीन सयजनालाई दूध तथा दुग्ध पदार्थ वितरण गरिएको एसोसिएसनका अध्यक्ष दाहालले जानकारी दिनुभएको छ ।

त्यसैगरी काभ्रेको सिद्धार्थ वनस्थली स्कुल पनौतीमा रोटरी क्लब अफ पनौती र उद्योग वाणिज्य संघ काभ्रेको सहयोगमा करिब पाँच सय विद्यार्थीलाई दूध तथा दुग्ध पदार्थ र झापामा स्प्रिङ डेल फस्र्ट स्कुल मेचीनगरमा बिद्यार्थीलाई दूध तथा दुग्ध पदार्थ वितरण गरिएको एसोसिएसनले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?