भुजुङले सेयर जारी गर्ने

Read Time = 2 mins

काठमाडौं । भुजुङ हाइड्रोपावरले प्रतिसेयर सय रुपैयाँ अंकित दरका पाँच लाख ८५ हजार कित्ता साधारण सेयर निष्कासन गर्न कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

सम्झौतापत्रमा भुजुङ हाइड्रोपावरका कार्यकारी सञ्चालक खेमराज जोशी तथा कुमारी क्यापिटलका कामु प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गर्नुभएको हो । हाल भुजुङ हाइड्रोपावरको अधिकृत पुँजी ५० करोड रुपैयाँ, जारी पुँजी ४३ करोड रुपैयाँ र चुक्ता पुँजी ३२.७२५ करोड रुपैयाँ रहेको छ ।

सन् २०१५ मा स्थापित भुजुङले ७.५ मेगावाटको रन अफ रिभर प्रकारको अपर मिडिम हाइड्रोपावर प्रोजेक्ट विकास गरिरहेको छ । आयोजनाको कुल लागत ३९ करोड रहेको छ भने कम्पनीले आयोजनाको कुल लागतको १५ प्रतिशत अर्थात् ५.८५ करोडको साधारण सेयर सर्वसाधारणमा निष्कासन गर्न लागेको कम्पनीका कामु प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले जानकारी दिनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?