हनर मोबाइलको कम्बो अफर

Read Time = 2 mins

काठमाडौं । महान् चाड दशैँको अवसरमा हनर मोबाइलले हनर एक्स ६ नेपाली बजारमा ल्याएको छ । हनर ब्राण्डेड नेपालस्थित आधिकारिक बिक्रेता सेलट्रोन नेपाल प्रालिले ल्याएको हो । कम्पनीका हनर एक्स सेरिज एक्स ७, एक्स ८, एक्स ९ र अनर लाइट ५० पहिले नै बजारमा उपलब्ध रहेका छन् । अन्य अफरमा स्किम ३ वल्र्डलिंक अफर पनि रहेको छ । २३ हजार नौ सय ९८ मूल्य बराबरको हनर एक्स ६ र हनर एयरवर्ड्स एक्स ३ लाइटको कम्बो २० हजार नौ सय ९० रुपैयाँ रहेको छ ।

त्यस्तै, बण्डलिङ अफरअन्तर्गत २४ हजार नौ सय ८० रुपैयाँ मूल्य बराबरको हनर एक्स ६, हनर ब्राण्ड ९ कम्बो २१ हजार चार सय ९० रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ । त्यस्तै, तेस्रो बण्डलिङ अफरमा ३० हजार चार सय ७० रुपैयाँबराबरको मोबाइल २३ हजार चार सय ९० रुपैयाँमा पाउन सकिन्छ ।

उक्त अफरमा पहिलो बिक्रीको दिन खरिदकर्ताले क्युआर कोड स्क्यान गरेर फारम भर्नुपर्नेछ छनोटमा परेका १० भाग्यशालीले हनर इयरबड्र्स एक्स ३ लाइट पाउनेछन् । हनर एक्स ६ मा ५० एमपी मेन क्यामेरा, दुई एमपी म्याक्रोे क्यामेरा र दुई एमपी क्यामेरा रहेको छ । हनर एक्स ६ एन्ड्रोइड १२ मा आधारित रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?