यस्तो छ तपाईंको आश्विन १३ गते बिहीबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins
A A- A+

ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज मिति २०७९ साल आश्विन १३ गते बिहीबार, ई.सं.- २९ सेप्टेम्बर, २०२२ । तिथि- आश्विन शुक्लपक्ष चतुर्थी, नक्षत्र- स्वाती, ७ः१६ बजे उप्रान्त विशाखा, योग- विष्कम्भ, करण- वणिज, चन्द्रराशि- तुला, सूर्योदयः ५ः५६, सूर्यास्तः १७ः५१ ।

मेष : धर्मकर्ममा रुचि, शुभ समाचार सुन्न पाइएला ।

वृष : अवसरका लागि केही त्याग गर्नुपर्ला ।

मिथुन : अभिभावकले स-साना त्रुटि औंल्याउँदा मन खिन्न हुनेछ ।

कर्कट : परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ ।

सिंह : सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ ।

कन्या : दाम्पत्य जीवनमा एक किसिमको निराशा आउन सक्छ ।

तुला : एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।

वृश्चिक : आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।

धनु : सुख-दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् ।

मकर : परिवारजनको साथले नयाँ आशा पलाउनेछ ।

कुम्भ : सामाजिक क्षेत्र र नोकरीबाट अपजस मिल्नेछ ।

मीन : नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ ।

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?