आज बडादशैँको चौथो दिन, कूष्माण्डा देवीको पूजा गरिँदै

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपालीहरूकोे महान् पर्व बडादशैँको आज (बिहीबार) चौंथो दिन । आज नवदुर्गाको चौथो रूपमा कूष्माण्डा देवीको पूजा आराधना गरिँदै छ । ब्रहृम या अण्डलाई उत्पन्न गरेका करण उहाँलाई कूष्माण्डा देवीको नामले चिनिन्छ । तीन नेत्रले युक्त देवीले आफ्नो मस्तकमा अर्ध चन्द्र धारण गर्नुभएको छ । अष्ट भुजाहरूमा युक्त उहाँले चक्र, गदा, कलश, जपमाला, कमण्डलु, धनुषवाण, तथा कमलपुष्प धारण गर्नुभएको छ । उहाँको बाहन बाघ हो ।

नवरात्रमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कूष्माण्डा, पाँचांै दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ । दशैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ । घटस्थापनादेखि विजयादशमीसम्मको अवधिलाई नवरात्र पनि भनिन्छ । यस अवसरमा दुर्गादेवीको विशेष आराधना गरिन्छ । दुर्गा देवीका तीन रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आहृवान गरी पूजा गरिन्छ । उपत्यकामा मैतिदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, रक्तकाली, श्वेतकाली, दक्षिणकाली, इन्द्रायणी, सुन्दरीमाई, बज्रयोगिनीलगायत प्रसिद्ध शक्तिपीठ छन् ।

यस्तै देशभरमा रहेका विभिन्न शक्तिपीठमा देवीको विशेष आराधाना, पूर्जा गर्ने गरिन्छ । काभ्रेको नाला भगवती, काभ्रेकै पलाञ्चोक भगवती मन्दिर, नुवाकोटका जाल्पामाई र भैरवी, ताप्लेजुङको पाथीभरा, धरानको दन्तकाली, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता, पोखराको विन्ध्यवासिनी, बाग्लुङ कालिका, भोजपुरको सिद्धकाली, डडेल्धुराको उग्रतारालगायत मन्दिरमा विशेष पूजा आराधना हुने गर्छ ।

नवरात्रका अवसरमा शक्तिपीठमा पुगी पूजा आराधनासहित देवीको दर्शन गरेमा मनोकांक्षा पूरा भई वर्षभरका लागि शक्ति प्राप्त हुने विश्वास गरिन्छ । यसै विश्वासका आधारमा देशभरका शक्तिपीठमा नवरात्रभर भक्तजनको भिड लाग्ने गर्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?