प्रकाश नेपाल/ इलाम । नेपाल एकीकरणको इतिहास बोकेको नेपाली सेनाको तोप इलाममा पुनः स्थापना हुने भएको छ । सुगौली सन्धिपछि नागरिक गढीबाट इलामको माईस्थान गढीमा सारिएको निशान र तोप पुनस्र्थापना हुने भएको हो । १९ वर्षअघि सुरक्षाका कारण इलामबाट लगिएको निशान २०७४ मा पुनः स्थापना भएको थियो । निशान पुनस्र्थापनापछि नेपाली सेनाको युद्धकालीन ऐतिहासिक तोप पनि इलाममा पुनस्र्थापना हुँदैछ ।
२०५९ साल वैशाख २६ गते नेपाली सेनाले सुरक्षाका कारण ब्यारेकमा राखेका तोपहरू इलामवासीको चाहना र संस्कृति संरक्षणमा नेपाली सेनाको योजनाअनुसार पुनस्र्थापना हुन लागेको रणशार्दूल गण, इलामका प्रमुख सेनानी सुनिल सुवेदीले बताउनुभयो ।
विसं १८७२ को सुगौली सन्धिपछि भारतको नागरी गढीबाट नेपाली सेनाको निशान र तोपसँगै सैनिक टुकडी प्रथमपटक सूर्योदय नगरपालिकास्थित पूर्णेडाँडा सारिएको थियो । सैनिक बस्ने गढी त्यसपछि माईजोगममाईको नामसालिङ हुँदै इलाम नगरपालिकाको माईस्थानमा स्थापना भएको थियो । नेपालको सिमाना पूर्वमा टिष्टासम्म पुगेको प्रमाणका रूपमा रहेको निशान र तोप फर्किनुमा नेपाली सेनासँगै इलामवासीले अगुवाइ गरेका छन् । पुरातात्विक हिसाबले महत्वपूर्ण रहेको माईस्थान क्षेत्रमा निशानसँगै तोप स्थापनाले इलामको सांस्कृतिक महत्व बढाएको इलाम नगरप्रमुख केदार थापाले बताउनुभयो ।
निशान सुरक्षाका लागि माईस्थान मन्दिरमा सेनाको टुकडीसमेत राखिएको छ । अहिले दुईवटा तोप पुनः स्थापनाका लागि मन्दिरको जिर्णोद्धारको काम नेपाली सेना, इलाम नगरपालिका-७ र माईस्थान मन्दिर समितिले समन्वय गरेको इलाम नगरपालिका–७ का अध्यक्ष नरेश श्रेष्ठले बताउनुभयो ।
इतिहासका रूपमा रहेको निशान र तोप पुनस्र्थापनाले इलामको पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुग्नेछ । विसं २०७४ साल असार २३ गते निशान स्थापना भएको थियो । नेपाली सेना र इलाम नगरपालिकाले दुईवटा तोप प्रधानसेनापतिको उपस्थितिमा असोज १६ गते राखिनेछ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका