काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखाको सामान्य प्रभाव रहेको छ ।
हाल प्रदेश १ लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहेको छ। । प्रदेश १, मधेश र बागमती प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन चट्याङसहित हल्का वर्षा भईरहेको छ।
दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरुमा आंशिक बदली रहनेछ। प्रदेश १, मधेश र बागमती प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
राति प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र बागमती प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका