युगौंदेखिको एउटा परम्परा दशैँ

हिमालय टाइम्स
Read Time = 7 mins
A A- A+

✍️ गीता अधिकारी
दशैँ लगभग नेपालीका घर-आँगनमा आइसकेको छ  । समस्त हिन्दू नेपालीहरूले मान्ने यो शारदीय पर्वोत्सवले घरदेश र परदेशका सबै नेपालीलाई एकै र एउटै हिसाबले छुन्छ । हिन्दूको मात्र यो पर्व नभएर समस्त नेपालीको पर्वका रुपमा यसलाई लिइन्छ । नेपाल सरकारले पनि सबैभन्दा बढी यही पर्वमा विदा दिने गर्दछ ।

शरद ऋतुको रमणीय आगमन । उत्सवको माहौल छ यति बेला  । यस वर्षको दशैँ सबैको घरपरिवारमा पुगिसकेको छ  । गाउँघर शहरबजार सबैतिर दशैँको आगमनसँगै खुसीयाली छाएको छ  । वैदेशिक रोजगारमा गएकाहरू पनि घर फर्कन थालेका छन् । गाउँ गाउँमा पिंग हालेर चचहुइ चचहुइ सुरु हुन थालेको छ । दशैँको टिका, जमरा, पिंग हाम्रो मानस पटलमा आइहाल्छ दशैँ सम्झिदासाथ ।

दशैँका लागि अहिले बाह्य देशबाट नेपाल आउने र नेपालभित्रै पनि आफ्नो मूलघर फर्कनेको ताँती नै लागेको छ  । जहाज र बसहरूको टिकट पाउन मुस्किल हुँदै गएको छ  । दशैँका लागि बजारमा सामानहरू प्रशस्त नभए पनि किनमेल गर्नेहरूले शहरबजार पनि केही भिड भाड नै छ  । वर्षदिनदेखि आम्दानी गर्न नसकेका व्यापारीहरू दशैँको मेलोमा मनग्य नाफा आर्जन गर्दैछन् । उपभोक्ताहरू पनि वर्षदिनपछि आउने दशैँमा नयाँ नानाको खोजीमा धाइरहेका छन् । बलबालिकाहरू पनि मलाई यो चाहिन्छ र त्यो चाहिन्छ भन्दै रुँदै हिँडेका छन् । आमा बाबा पनि आफ्ना बालबालिकाको आवश्यकता पूरा गर्न तल्लीन रहेका छन् । उनीहरूको आवश्यकता पूरा गर्न नसकिए पनि दशैँमा त उनीहरूको आवश्यकता पूरा गरौँ न त, अरु बेला भन्ने पक्षमा छन् । दशैँमा ऋण धन गरेर भए पनि बालबालिकाको आवश्यकता पूरा गर्नतिर अभिभावकहरू लागि परेका छन् । गाउँघरका व्यक्तिहरू पनि शहरबजारमा भएका नातेदारबाट केही आशा गरिरहेका छन् । कसैले नयाँ मोबाइलको मागगरिरहेका छन् भने कसैले नयाँ-नयाँ फेसनेबल लुगाको ।

यतिबेला संघारमा नै दशैँ आएर केही दिन बास बस्ने तर्खरमा लागिसकेको छ । युगौंदेखिको एउटा परम्परा दशैँ । आउनुहोस् यस पर्वमा मनका सवै पिर व्यथा भुलेर रमाऔं । रमाउँदै गर्दा आफ्नो दायित्व, जिम्मेवारी र कत्वर्यलाई नभुलौ । मेलमिलापको यो पर्वमा माया, सदभाव बाडौ ।

के गरीब के धनी दशैँमा चाहिने आत्यावश्यक वस्तुको जोहो गर्न नै व्यस्त छन् । गरीबले ऋण गरेरै भए पनि दशैँ मनाउन कम्मर कसिरहेका छन् । यद्यपि दशैँ उनका लागि ‘आयो दशैँ ढोल बजाई गयो दशैँ ऋण बोकाई हुन पुग्ने निश्चित छ ।’ धनीहरूको देखासिकी गरीबहरूले पनि गर्न थालेका छन् । धनीहरू त्यसै पनि अरु समयमा पनि दशैँ जस्तै मनाइरहेका छन् । अर्थात् हुने खानेहरुलाई सधैँ दशैँ छ हामीकहाँ ।
दशैँको समयमा जुवातास खेलेर मनोरञ्जन लिनेहरूको संख्या पनि बढ्दै गएको छ  । त्यसरी खेलेको जुवातासले कसैको घरवार नै गुमेको घटनाहरू पनि सुन्न पाइन्छ । समयको परिवर्तनसँगै दशैँ मनाउने संस्कृतिमा पनि परिवर्तन हुँदै आएको छ । दशैँमा जुवातासजस्ता विकृतिरुपी कार्य बढी हुन थालेका छन् । यसले गर्दा संस्कृतिले विकृत रुप लिँदैछ । दशैँको जस्तै विकृत रुप महिलाहरूको महान् पर्व तीजमा पनि देखिएको छ  । महिनादिनसम्म दर खाने परम्पराले गरीबीको रेखामुनि रहेका जनातहरूको झनै ढाड सेकेको छ । दुई-तीन दिनमात्र मनाइने तीज अहिले महिना दिनसम्म मनाउने गरिन्छ । यसैगरी न्यू इयर, क्रिसमस, भ्यालेन्टाइन डेलगायतकाले पनि समाजमा तहल्का नै पिट्दैछ । युवायुवतीहरू विदेशीहरूको नक्कल गर्दै भ्यालेन्टाइन डे मनाउन थालेका छन् । आफ्नो संस्कृतिलाई बचाई राख्नुपर्छ । समयअनुसार परिवर्तन पनि गर्दै जानुपर्छ । तर, संस्कृति रुपान्तरणको नाममा विकृति बनाउनु हुँदैन ।

यति बेला वर्षात्का बादलहरू फाट्नेक्रममा छन् । मौसम क्रमशः सफा हुँदै गरेको छ र जसले आमन्त्रण गरिरहेको छ शरदकालीन पर्वहरू । नेपालीहरू को प्रमुख चाड दशैँ २०७९ संघारमा छ । यो पर्वलाई खासगरी असत्य माथि सत्यको जीतका रुपमा अंगीकार गरिँदै आएको छ । असत्यमाथि सत्यको जीत हुनै पर्दछ । यदि त्यसो हुन सकेन भने संसारको गति उँधोतर्फ ओरालो लाग्छ अराजकताको राज हुन्छ । मुठ्ठी भरका असत्यका धर्मीहरूले आफ्नो अधिपत्य जमाउनेछन् । त्यसो त सत्यको विजय खातिर यो युगमा पनि स्तुति स्तोत्र ध्यान पाठ-पूजाएवम् बलि जस्तो तथा कथित ढुंगे मान्यताको ढोङमा रुमल्लि नै रहेको छ ।

हामीले सत्यको दुहाई दिँदै उत्सवपर्व चाड जति परापूर्वदेखि सफलीभूत गराउने चर्चा अनि महिमा गाए तापनि व्यवहारमा असत्यको जीत प्रारब्धदेखि नै गरीब, सर्वहारा, मजदूरको जीवन वृत्त माथि परेको थियो र वर्तमानको समयमा पनि परिरहेको छ । वैभव-ऐश्वर्य र विलासितामा परापूर्वदेखि नै सत्य हुनेखाने वर्गको गुलाम बनेको देखिन्छ । यति नै बेला संघारमा नै दशैँ आएर केही दिन बास बस्ने तर्खरमा लागिसकेको छ । युगौंदेखिको एउटा परम्परा दशैँ । आउनुहोस् यस पर्वमा मनका सवै पिर व्यथा भुलेर रमाऔं । रमाउँदै गर्दा आफ्नो दायित्व, जिम्मेवारी र कर्तव्यलाई नभुलौ । मेलमिलापको यो पर्वमा माया, सदभाव बाडौ ।

guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
harish
harish
2022-09-29 9:59 am

जानकारी मूलक लेख, राम्रो गीता जी । 

रिलेटेड न्युज

छुटाउनुभयो कि ?