एमाले नेता पाण्डेद्धयलाई मातृशोक

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा (एमाले) नेता सुरेन्द्र पाण्डे र बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई मातृशोक परेको छ ।

उहाँहरूकी ८७ वर्षीया आमा मनमाया पाण्डेको आज बिहान निधन भएको हो ।

सुरेन्द्रले सामाजिक सञ्जालमा जनाए अनुसार उहाँका कान्छा भाइ दीपेन्द्रले बिहान ४ः१५ बजे फोन गरेर आमाको निधन भएको खबर गर्नुभएको थियो । उक्त समय नेता सुरेन्द्र चितवनमा रहनुभएको थियो ।

मुख्यमन्त्री पाण्डे पनि हेटौंडाबाट काठमाडौं आउँदै हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?